सात भाइलाई देउवाको सन्देश- निर्धारित मितिमा महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्

सात भाइलाई देउवाको सन्देश- निर्धारित मितिमा महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
फाइल तस्बिर

काठमाडौं : नेपाली कांग्रेका सभापति शेरबहादुर देउवाले संस्थापन पक्षका पदाधिकारी तथा पूर्वपदाधिकारीहरूलाई निर्धारित मितिमै महाधिवेशन हुने स्पष्ट पारेका छन्। महामन्त्री गगनकुमार थापाले अतिरिक्त प्रस्ताव दर्ज गराएपछि ती पदाधिकारीहरूले सभापति देउवालाई भेटेका हुन्।

भेटमा सभापति देउवाले निर्धारित मितिमै महाधिवेशन हुने र कसैले भन्दै विशेष महाधिवेशन नहुने स्पष्ट पारेको स्रोतले जानकारी दिएको छ। 'कसले के भन्दैछ वा कसले के भन्छ भन्ने कुरा अब रहेन। महाधिवेशनको कार्यतालिका सार्वजनिक भइसकेको छ। सोही मितिमा महाधिवेशन हुन्छ। तपाईंहरूमध्ये को सभापतिमा लड्नुहुन्छ, एक जनाको नाम टुंगो लगाउनुस्,' देउवाको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

उनले संस्थापन पक्षका सात भाइलाई सभापतिको उम्मेदवारीका लागि एउटा नाम प्रस्ताव गर्न आग्रह गरेका हुन्। छलफलमा पदाधिकारीहरू महामन्त्री थापामाथि आक्रोशित भएको स्रोतको भनाइ छ। पदाधिकारीजस्तो व्यक्तिले महाधिवेशनको पक्षमा वकालत गर्नुपर्नेमा अझै विशेष महाधिवेशनको रटान लगाएको भन्दै उनीहरूले सभापति देउवासमक्ष गुनासो पोखेको स्रोतले अन्नपूर्णलाई बताए।

'महामन्त्रीले त बैठकले तोकेको कार्यतालिका अनुसार काम गर्ने हो। महाधिवेशनलाई सफल बनाउने हो। अझै महाधिवेशन हुन्छ कि हुँदैन भन्ने कुरामा भ्रम पाल्नु भएन। विशेष महाधिवेशनको रटान लगाउनुभएन,' बैठकमा सहभागी एक पदाधिकारीले भने। 

सोमबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकले पुस २६ देखि २८ सम्म १५औं महाधिवेशन गर्ने निर्णय गरेको थियो। बैठकमा महामन्त्री थापाले अतिरिक्त प्रस्ताव दर्ता गराएका थिए। उनले नियमित महाधिवेशन हुन नसके स्वतः विशेष महाधिवेशन हुने रायसहितको प्रस्ताव दर्ता गराएका थिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.