होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

होन्डुरसका पूर्वराष्ट्रपति अमेरिकी जेलबाट रिहा

भर्जिनिया (एजेन्सी) : होन्डुरसका पूर्वराष्ट्रपति जुआन ओर्लान्डो हर्नान्डेज अमेरिकी जेलबाट रिहा भएका छन्। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पबाट लागुऔषधको आरोपमा माफी पाएपछि उनी सोमबार अमेरिकी जेलबाट रिहा भएका हुन्।  हर्नान्डेजलाई मार्च २०२४ मा अमेरिकामा कोकेन आयात गर्ने षड्यन्त्र र मेसिनगन राखेको आरोपमा दोषी ठहराइएको थियो। उनलाई ४५ वर्षको जेल सजाय सुनाइएको थियो।

अमेरिकी राष्ट्रपतिले शुक्रबार सामाजिक सञ्जाल पोस्ट गर्दै हर्नान्डेजलाई धेरै कठोर र अनुचित व्यवहार गरिएको बताए। मंगलबार आफ्नो सामाजिक सञ्जालमा लेख्दै हर्नान्डेजकी   श्रीमती आना गार्सिया डे हर्नान्डेजले माफीका लागि ट्रम्पलाई धन्यवाद दिइन् र भनिन्, ‘अब मेरा पति स्वतन्त्र मानिस हुन्।’

सन् २०१४ देखि २०२२ सम्म देशको राष्ट्रपतिको रूपमा रहेका हर्नान्डेजलाई अप्रिल २०२२ मा हिंसात्मक लागुऔषध तस्करीको षड्यन्त्र गरेको र अमेरिकामा सयौं टन कोकेन तस्करी गर्न मद्दत गरेको आरोपमा मुद्दा चलाउन अमेरिकामा सुपुर्दगी गरिएको थियो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.