अन्तर्राष्ट्रिय अपाङ्गता दिवस

ह्वीलचियरले दिएको खुशी

ह्वीलचियरले दिएको खुशी
तस्बिर : अन्नपूर्ण

अछाम: शारीरिकरुपमा अशक्त १६ वर्षीय हिमाल परियारले यहि मंसिर ९ गते ह्वीलचियर पाए । ६ वर्षको उमेरदेखि खुट्टा टेकेर हिँड्न नसकेका चौरपाटी गाउँपालिका -१ सिउडीका हिमालले ह्वीलचियर पाएपछि जीवनमै नसोचेको कुरा प्राप्त भएको भन्दै खुशी व्यक्त गरे। उनका दुवै खुट्टा लुला छन् । हातमा चप्पल लगाएर घिस्रिएर हिँड्ने उनलाई ह्वील चेयर जीवनकै अमूल्य उपहार बनेको छ।  घर नजिकैको बजार उनले कहिल्यै देखेका थिएनन् । ह्वीलचियर पाएपछि उनी खुशी हुँदै भाइको सहारामा बजारभरी फन्को लगाए । 

तुर्माखाँद गाउँपालिका ७ मा ४६ वर्षीय नमन शाहीको कम्मर मुनिको भाग चल्दैन । ४ वर्ष पहिले घाँस काट्ने क्रममा रुखबाट लडेर शाही घाइते भएका थिए । उपचार गराउँदा समेत निको नभएपछि शाही अहिले ह्वीलचियरको सहारामा छन् । आफैले किनेको ह्वीलचियर थोत्रो भइसकेको थियो । उनले जेनतेन चलाइरहेका थिए । नयाँ र सहज तरिकाको ह्वील चियर पाएपछि उनी पनि खुशी छन्।

साँफेबगर नगरपालिका -२ जाल्पादेवीकी २१ वर्षीय नविन आउजी पनि ह्वील चेयर पाएपछि निकै खुशी छन् । नविनको कक्षा ९ मा पढ्दै गर्दा खुट्टामा समस्या देखा पर्यो । पहिले लठ्ठीको सहरा,त्यसपछि बैशाखी हुँदै अहिले खुट्टा नै नचल्ने भएपछि ह्वीलचियरको सहारामा दैनिकी कटाइरहेका छन्।  आर्थिक अभावका कारण ह्वीलचियर किन्न सकेका थिएनन् । उनले आफ्ना हरेक काम गर्दा परिवारको सहरा लिनुपर्छ । अब ह्वीलचियरले निकै सहज हुने उनले बताइन् । आफूहरू जस्तो बेसहारालाई ह्वीलचियर  निकै ठूलो सहारा भएको उनले बताइन् । 

सम विकास नेपालद्धारा सञ्चालित हाम्रो पहिचान परियोजनामार्फत् ह्वीलचियर वितरण गरिएको हो। तुर्माखाँद,ढकारी ,चौरपाटी गाउँपालिका र साँफेबगर नगरपालिकाका २० जना अपाङ्गता  भएका व्यक्तिलाई ह्वीलचियर वितरण गरिएको समविकास नेपालका पशुपति साउदले बताइन् ।

अपाङ्गता भएका परिवारको आर्थिक अवस्था कमजोर भएका कारण ह्वीलचियर वितरण गरिएको उनले बताइन् । संस्थाले वितरण गरेको ह्वील चियरले ठूलो राहत भएको साउदले बताइन् । तीन पालिकाकाबाट २६ जना अपाङ्गता भएका व्यक्तिको विवरण प्राप्त भएकाले अन्य व्यक्तिहरूलाई पनि ह्वीलचियर वितरण गरिने उनले बताइन् । 

अपाङ्गता भएका व्यक्तिहरूको ३४ औं अन्तर्राष्ट्रिय दिवस आज विभिन्न कार्यक्रमका साथ मनाइँदैछ। अपाङ्गता भएका नागरिकहरूको हक अधिकार प्रवर्द्धनका लागि विश्वभर संयुक्त राष्ट्रसंघको पहलमा सन् १९९२ देखि हरेक वर्ष डिसेम्बर ३ तारिखका दिन अपाङ्गता भएका व्यक्तिहरूको अन्तर्राष्ट्रिय दिवस मनाउन थालिएको हो।


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.