संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी

संसद विघटनविरुद्ध एमालेले दायर गरेको रिटमा पूर्ण इजलासमा सुनुवाइ जारी

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि सर्वोच्च अदालतको पूर्ण इजलासमा सुनुवाइ जारी छ। प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित पाँचजनाको पूर्ण इजलासमा सुनु्वाइ भइरहेको हो।

पूर्ण इजालसमा प्रधानन्यायाधीश राउतसहित न्यायाधीश सपना प्रधान मल्ल,कुमार रेग्मी,हरिप्रसाद फुयाल र मनोजकुमार शर्मा छन्। 

प्रतिनिधिसभाको पुनर्स्थापनाको माग गर्दै नेकपा एमालेले मंसिर ९ गते सर्वोच्च अदालतमा रिट दायर गरेको हो।  प्रधानमन्त्री सुशीला कार्कीको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा विघटन गरेपछि पुनर्स्थापनाको माग गर्दै एमाले सर्वोच्च पुगेको हो।

रिट निवेदनमा प्रधानमन्त्री कार्कीको शपथ ग्रहण तथा अन्य नियुक्ति समेत उत्प्रेषणको आदेशले बदरको माग गरिएको छ। 

प्रतिनिधिसभा विघटनविरुद्ध परेका अन्य रिटमा भने सर्वोच्चले विपक्षीका नाममा लिखित जवाफ माग गरेको छ। विपक्षी बनाइएका राष्ट्रपति रामचन्द्र  पौडेल,प्रधानमन्त्री सुशीला कार्की,निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली,सभामुख देवराज घिमिरेलगायतले सर्वोच्चलाई लिखित जवाफ पठाइसकेका छन्। 


 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.