सूर्यास्त हेर्ने भिडले भाइरल बन्यो सप्तकोशीको बोराबाँध

सूर्यास्त हेर्ने भिडले भाइरल बन्यो सप्तकोशीको बोराबाँध
तस्बिर सौजन्य : भीषण राई

सुनसरी : इलामको श्रीअन्तु उदाउँदो सूर्य हेर्न प्रसिद्ध मानिन्छ। बिहानैदेखि त्यहाँ पर्यटकको घुइँचो लाग्छ। यहाँ आउने पर्यटकहरू फोटो खिच्छन् अनि टिकटक बनाउँछन्। श्रीअन्तु जस्तै अब एउटा नयाँ पर्यटकीय क्षेत्रको उदय भएको छ, जहाँ सूर्य उदाएको होइन, सूर्य अस्ताएको हेर्न मानिस आकर्षित हुन थालेका छन्। यो स्थान हो सुनसरीको वराहक्षेत्र नगरपालिका–६ मा रहेको बोराबाँध, जुन अहिले सप्तकोशी किनारकै एउटा भाइरल पर्यटकीय गन्तव्य बनेको छ। null

सप्तकोशी नदीका विशाल छालहरू, नदीमा परावर्तित सुनौलो उज्यालो र क्षितिजमा विस्तारै डुब्दै गएको सूर्यको अतुलनीय दृश्य हेर्न बोराबाँध पुग्ने पर्यटकको संख्या हरेक दिन बढ्दै गएको छ। पर्यटकहरूको यही भिडलाई हेर्दै वराहक्षेत्र–७ का वडाध्यक्ष कपिल आचार्य भन्छन्, ‘ श्रीअन्तु जस्तै, अब यहाँ सूर्यास्त हेर्न मानिस आउन थालेका छन्। बोराबाध अब वराह क्षेत्रको नयाँ पर्यटन क्षेत्र बनेको छ।’ अहिलेसम्म पनि कोशी किनारमा फुर्सद मनाउने चलन थियो। तर सामाजिक सञ्जालमा बोराबाँधका आकर्षक तस्बिर र भिडियो भाइरल भएपछि यो स्थान एकाएक चर्चामा आयो। 

यहाँ आउने पर्यटकहरूको पहिलो आकर्षण हो—सूर्यास्तको अनौठो दृश्य। खुला आकाश, नदीको शान्त सतह र पहाडी टुप्पा पछाडि हराउँदै जाने सूर्यले बनाउने दृश्य यति मनमोहक हुन्छ कि, जो कोही प्रभावित नहुने कुरै छैन। सूर्यास्तसँगै यहाँका युवाहरू, परिवार, प्रेमिल जोडीहरू र फोटोग्राफीका पारखीहरूको जमघट हुने गरेको छ। फोटो खिच्ने, भिडियो बनाउन, टिकटक बनाउन र नदी किनारमै बस्न पाइने फुर्सदिलो वातावरणले बोराबाधलाई थप आकर्षक बनाएको छ। यहाँबाट कोशीको विशेषता नजिकैबाट महसुस गर्न सकिन्छ। बेलुकी ३ बजेदेखि नै पर्यटक डुल्न थाल्छन्, र ५ बजेसम्म पुग्दा कोशी किनारका स्थान पूर्णरूपमा भरिन्छ।null

सप्तकोशीमा पानी बोटबाट एक फन्को मारेपछि प्रकृतिसँग नजिकिएको अनुभव गर्न सकिन्छ। डुंगामा बसेर नदीको छालसँगै खेल्दै सुनौलो उज्यालो मनभित्रै झर्दा पर्यटकले खासै शब्द नखोजी मुस्कानमै सन्तुष्टि प्रकट गर्छन्। बोराबाधको यही अनुभव अहिले चर्चाको मुख्य विषय बनेको छ। पर्यटकको चहलपहलले कोशी किनारको पुरानो स्वरूप अहिले बदलिदिएको छ। पहिले थोरै मात्र मानिस आउने ठाउँमा अहिले होटल–रेस्टुरेन्ट सञ्चालन हुन थालेका छन्।

स्थानीय बिकुल श्रेष्ठले खोलेको रेस्टुरेन्ट अहिले यहाँका सबैभन्दा व्यस्त व्यवसायमध्ये एक बनेको छ। उनी भन्छन्, ‘दैनिक ५० हजारभन्दा बढीको कारोबार हुन थालेको छ। कोशी किनारमै बसेर माछा, लोकल कुखुरा, पर्क सेकुवा, चटपटे र अरू स्वादिष्ट खानाहरू खुवाउने व्यवस्थापन गरेका छौं। पर्यटकहरू मनै प्रफुल्लित भएर जाने गर्छन्।’null

बोराबाँधको सुन्दर दृश्य र बढ्दो पर्यटक आगमनले स्थानीय अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको छ। युवाहरूले रोजगारी सिर्जना गर्ने अवसर देखेका छन्, स्थानीय उत्पादनको माग बढेको छ र होटल–रेस्टुरेन्ट व्यवसायले गति लिन थालेको छ।

सूर्यास्त हेर्न आउने पर्यटक धरान, बेलटार, इनरुवा, इटहरी, विराटनगर मात्रै होइन, भारतको बिहारबाट समेत आउन थालेका छन्। पर्यटकहरूको भिड बढेपछि सुरक्षा अपरिहार्य भएको छ। इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक दिवस कुँवरले यहाँ दैनिक भिड बढेपछि शान्ति–सुरक्षा र ट्राफिक व्यवस्थापनका लागि प्रहरी परिचालन गरिएको बताए।

स्थानीय सरकारका लागि पनि बोराबाध अब प्राथमिकतामा परेको विषय हो। वराहक्षेत्रका मेयर रमेश कार्की भन्छन्, ‘बोराबाँधलाई नगरकै नयाँ पर्यटन क्षेत्रका रूपमा विकास गर्ने योजना बनाएका छौं। कोशी टप्पु वन्यजन्तु आरक्षपछि यो अर्को महŒवपूर्ण गन्तव्य बन्न सक्ने देखिन्छ।’ उनी बोराबाँधलाई व्यवस्थित बनाउन, नदीकिनारमा पार्क, पदमार्ग, पिकनिक स्थल, समुचित पार्किङ र सफाइ व्यवस्थापन गर्ने तयारीमा रहेको बताउँछन्। यस्ता योजनाले पर्यटन सम्भावनालाई दीर्घकालीन रूपले टेवा दिनेछ।

यसरी गरियो बोराबाधको नामकरण
बोराबाँधको नामकरण पनि विशेष छ। सप्तकोशीका किनारमा बर्खायाममा कटान भएर बस्तीमा बाढी पस्ने जोखिम बढ्थ्यो। त्यसलाई रोक्न स्थानीयले बोरामा माटो हालेर नदी किनारमा थुपारेर सुरक्षित बनाएका थिए। त्यही बोरा र त्यही ‘बाँध’ (तटबन्ध) मिलेर ‘बोराबाँध’ नाम बनेको हो। nullnull


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.