विराट कोहलीले १५ वर्षपछि खेल्नेछन् यो प्रतियोगिता
काठमाडौं : भारतीय क्रिकेट टोलीका ब्याट्सम्यान विराट कोहलीले डिसेम्बर २४ देखि सुरु हुने विजय हजारे ट्रफीमा खेल्ने पुष्टि गरेका छन्।
समाचार एजेन्सी पीटीआईका अनुसार यो जानकारी दिल्ली र जिल्ला क्रिकेट संघ (डीडीसीए)का अध्यक्ष रोहन जेटलीले दिएका हुन्।
कोहली अहिले अन्तर्राष्ट्रिय क्रिकेटको एउटा मात्र फर्म्याट एकदिवसीय खेल्छन्। उनी हाल दक्षिण अफ्रिका विरुद्धको एकदिवसीय शृङ्खलामा व्यस्त छन्।
पीटीआईका अनुसार कोहली १५ वर्षपछि विजय हजारे ट्रफीमा फर्कने तयारीमा छन्। उनले अन्तिम पटक फेब्रुअरी २०१० मा यो प्रतियोगिता खेलेका थिए।
३७ वर्षीय कोहलीले दक्षिण अफ्रिकाविरुद्धको शृङ्खलाको पहिलो खेलमा आफ्नो ५२ औं एकदिवसीय शतक प्रहार गरेका थिए।
प्रतिक्रिया दिनुहोस !