मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि आह्वान
जनकपुरधाम : मधेश प्रदेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले नयाँ सरकार गठनका लागि आह्वान गरेका छन्। यसअघि मुख्यमन्त्री पदबाट सरोज कुमार यादवले बुझाएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुखले नयाँ सरकार गठनका लागि आह्वान गरेका हुन्।
यसअघि सरोज कुमार यादवले मधेश प्रदेशसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए। त्यसपछि उनले प्रदेश प्रमुख लाभलाई राजीनामा बुझाएका थिए।
यादवले दिएको राजीनामा स्वीकृत गर्दै प्रदेश प्रमुख लाभले नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश सभामा प्रतिनिधित्व गर्ने दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत प्राप्त गर्न सक्ने प्रदेश सभा सदस्यलाई शुक्रबार साँझ ५ः०० बजेभित्र मुख्यमन्त्रीमा दाबी पेस गर्न आह्वान गरे।

प्रतिक्रिया दिनुहोस !