election background

प्रतिनिधि सभा निर्वाचन २०८२

लाग्यो उँधौली, बेंसी झारिए भेडाबाख्रा

लाग्यो उँधौली, बेंसी झारिए भेडाबाख्रा
चुमनुब्री—३ पाङसिङका किसान भेडाबाख्रा बेंसी झार्दै।  तस्बिर : लक्ष्मण कार्की

गोरखा : उँधौलीको मेलो लागेपछि लेकका गोठहरू बेंसी झार्न थालिएका छन्। जिल्लाको सबैभन्दा धेरै भेडापालन गर्ने चुमनुब्री गाउँपालिका—३ का करिब २५ हजार भेडाबाख्रा बेंसी झारिएको वडासदस्य विकास गुरुङको भनाइ छ। 

चुमनुब्री—३ साबिक सिर्दिबास गाविसको पाङसिङ जिल्लाको सबैभन्दा धेरै भेडापालन गर्ने गाउँ हो। यहाँबाट दिनहुँ जगत हुँदै लावालस्कर लागेर भेडा गोरखा, धादिङ, लमजुङका बेंसीतिर भेडा लैजाने गरिएको स्थानीय स्वास्थ्यकर्मी लक्ष्मण कार्की बताउँछन्। ‘हिजो पनि तीन सय जति भेडा तल झारेका थिए। आज तीन जना गोठालाका ३ सय ४० वटा भेडा एकै पटक लावालस्कर लाएर तल झारिरहेका छन्’, उनी भन्छन्।

यहाँका १ सय ५० घरधुरीमध्ये करिब ७० घरधुरी किसानले भेडाबाख्रापालन गर्ने वडासदस्य गुरुङको भनाइ छ। ‘भेडाबाख्रा लेकको गोठबाट पाङसिङ गाउँमा झार्न थालेको एक महिना भयो। अहिले पाङसिङबाट तल झार्न थालिएको छ’, उनी भन्छन्, ‘यहाँबाट खोर्ला, सिङ्ला, लाप्राक, बारपाक, दूधपोखरी हुँदै लमजुङतिर झारिन्छ। कोही गोठालाले आर्खेत, आरुघाट, मान्बुहुँदै धादिङसम्म झार्ने चलन छ।’ भेटरिनरी अस्पताल तथा पशु विज्ञकेन्द्रका अनुसार चुमनुब्रीमा १६ हजार ५ सय भेडा र ८ हजार ५ सय बाख्रापालन गरिन्छ। त्यस्तै ६ हजार ५ सय याकचौंरीपालन गर्ने केन्द्र प्रमुख अनन्त कोइराला बताउँछन्। लेकबाट बेंसी झार्ने पनि मौलिक परम्परा छ। 

‘लेकको गोठबाट बेंसी चाहिँ राम्रो बार हेरेर झार्ने गर्छन्। लेकको गोठबाट पनि एकैदिनमा झार्दैनन्। हावापानीसँग घुलमिल गराउँदै एक महिना लगाएर गाउँसम्म ल्याई पु¥याउँछन्’, पाङसिङका विकास गुरुङ भन्छन्, ‘अनि गाउँ झारिसकेपछि यहाँबाट अन्यत्र लैजान चाहिँ विधिपूर्वक पूजाआजा गरी साइत गर्ने चलन छ।’ अहिले धमाधम गाउँबाट जगत, तातोपानी, खोर्ला, माछाखोला, आरुघाटतिर भेडा लैजान थालिएको उनको भनाइ छ। 
‘अहिले बेंसी झारिएको भेडाबाख्रा अब जेठ दोस्रोसाता उँभौली लागेपछि लेकको गोठतिर पुर्याइन्छ’, उनले भने। 

उँधौली सिजन सुरु भएपछि लेकका गोठबाट चौरीहरू पनि बेंसी झार्ने गरिन्छ। ‘याक चाहिँ लेकमै छोड्छन्। चौंरीमात्र बेंसी झार्ने चलन छ’ चुमनुब्री—७ का वडाध्यक्ष टासी दोर्जे लामा भन्छन्, ‘बेंसी झार्दा पनि र पछि जेठको दोस्रो सातातिर लेक लैजाँदा पनि लामाले साइत हेरेर विधि पु¥याएर लैजाने चलन छ।’

भेडा बाख्रापालन गर्ने किसान धेरै भएकाले चुमनुब्री गाउँपालिका—३ मा गोठालाहरूलाई प्रोत्साहन कार्यक्रम लागू गरिएको छ। ‘गोठालाहरूलाई प्रोत्साहन गर्न गोठमा जाने बाटो मर्मत, खानेपानीको व्यवस्था, गोठालाका लागि त्रिपाल, सोलार बत्ती, गमबुट, स्लिपिङ ब्याग वितरण गर्ने गरेका छौं’, चुमनुब्री—३ का वडाध्यक्ष रामकुमार गुरुङ भन्छन्, ‘गाउँपालिकाको ८० प्रतिशत र गोठाला स्वयंको २० प्रतिशत लागत साझेदारीमा यस्तो कार्यक्रम बर्सेनि गर्ने गर्छौं।’ 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.