म्याग्दीको तोरीपानीमा सयपत्री होमस्टे

म्याग्दीको तोरीपानीमा सयपत्री होमस्टे
बेनी नगरपालिका–९ तोरीपानी होमस्टे। तस्बिर : कृष्णमणि बराल

तोरीपानी म्याग्दी : बेनी नगरपालिका–९ तोरीपानीमा घरबास (होमस्टे) सञ्चालनको आएको छ। स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गरी सयपत्री होमस्टे सञ्चालनमा आएको हो।

इको हिमाल नामक संस्थाको आर्थिक तथा प्राविधिक सहयोगमा पहिलो चरणमा पाँचवटा घरमा २१ जना बस्न र खान सकिने गरी घरबास सञ्चालनमा आएको हो। पर्यटकको चापसँगै गाउँमा थप विस्तार हुने सयपत्री सामुदायिक घरबास समूहकी अध्यक्ष सीता खत्रीले बताइन्। घरबासमा आउने पाहुनालाई स्वागत तथा मौलिक कला र संस्कृतिको प्रदर्शनका साथै स्थानीय उत्पादन उपहार तथा बिक्रीसमेत गरिने अध्यक्ष खत्रीले बताइन्।

घरबास सञ्चालन अघि गाउँका स्थानीयलाई इको हिमालय काठमाडौंले उत्कृष्ट घरबास कार्यक्रम भएका स्थानहरूको भ्रमण गराई पाहुनाका लागि खानाको परिकार बनाउने तालिम दिइएको थियो। घरबास समूहलाई दुई लाख र पाँच घरलाई ७० हजारका दरले आर्थिक सहयोग उपलब्ध गरिएको थियो। घरबास कार्यक्रमको मापदण्डअनुसारको संरचना तयार गरिएको इको हिमालयका निर्देशक नारायण ढकालले बताए।

बेनी नगरपालिकाभित्रका पर्यटकीय स्थलमा सेवा सुविधा पुग्ने गरी घरबास सञ्चालनमा आउँदा पर्यटन विकासमा सहयोगी हुने बेनी नगरपालिकाका मेयर सुरत केसीले बताए। पर्यटकीय स्थलमा पर्यटकलाई आकर्षण गर्न सबैभन्दा पहिले उनीहरूको बस्ने र खाने पूर्वाधार तयार हुनुपर्ने उनले बताए। होमस्टे सञ्चालनले तोरीपानी गाउँको पर्यटन विकासमा योगदान पुग्ने उनले विश्वास गरे। घरबास सञ्चालनका लागि नगरपालिकाले आवश्यक सहयोग गर्ने पनि उनले बताए।

नेपालको दिगो विकासका लागि पर्यटन विकास महत्त्वपूर्ण रहने इको हिमाल अस्ट्रियाका अध्यक्ष प्रोफेसर डा.कुर्ट लुगरले बताए। कृषि उत्पादन नेपालको विकासका लागि मुख्य पेसा रहेको र पर्यटन दोस्रो महत्त्वपूर्ण व्यवसाय रहेकाले प्रकृति संरक्षणसँगै पर्यटन विकास हुनुपर्ने उनले बताए।
कार्यक्रममा टान गण्डकीका अध्यक्ष कृष्णप्रसाल आचार्यले ग्रामीण पर्यटन विकासका लागि घरबास कार्यक्रम प्रभावकारी हुने बताए। प्राकृतिक सुन्दरता, सांस्कृतिक विविधताको साथै स्थानीय उत्पादन पाहुनालाई पस्कन सक्नु दिगो पर्यटन विकासका लागि महत्त्वपूर्ण रहने आचार्यले बताए। होमस्टेमा पर्यटन प्रवर्धनका लागि टान गण्डकीले सहयो गर्ने पनि प्रतिबद्धता व्यक्त गरे। कार्यक्रममा म्याग्दीका प्रमुख जिल्ला अधिकारी बद्रीप्रसाद तिवारी, वडाध्यक्ष चक्र केसीलगायतले ग्रामीण पर्यटन विकासका लागि होमस्टे सञ्चालन महत्त्वपूर्ण रहने बताएका थिए।

बेनी बजारदेखि ९ किलोमिटर उत्तरतर्फ रहेको तोरीपानी गाउँ सवारीसाधनमा ३० मिनेटमा पुगन सकिन्छ। समुन्द्री सतहदेखि १ हजार ७ सय ५० मिटर उचाइमा रहेको तोरीपानी गाउँबाट अन्नपूर्ण, माछापुच्छ्रे, धौलागिरिलगायतका हिमालको सुन्दरताको अवलोकन गर्न सकिन्छ। यहाँका सांस्कृतिक विविधता, तोरीपानी गाउँको शिरानमा बाइसे चौबीसे कालिन राज्यको संरचना पर्यटकको आकर्षण हुन्। तत्कालीन एतिहासिक पर्वत राव्यको राजधानी ढोल्ठानले इतिहस बुभ्mन सकिन्छ। विश्वकै सातांै अग्लो धौलागिरि हिमालको आधारशिविर, धौलागिरि सेञ्चुरी पदमार्ग पर्यटकका लागि आकर्षणका पदयात्रा मार्ग हुन्।

होमस्टेको कोसेली कृषि उत्पादन
गाउँमा पर्यटक बनेर आउने स्वदेशी तथा विदेशी पर्यटकलाई स्थानीय अर्गानिक उत्पादन पस्कन तरकारी खेती, कुखुरापालन, बाख्रापालन, गाई, भैंसी पालन भइरहेको छ। तोरीपानी गाउँ टिम्बुर उत्पादनका लागि प्रख्यात गाउँ हो। यहाँ बर्सेनि लाखौं रुपैयाँका टिम्बु बिक्री गरिन्छ। पहिले ३ सय रुपैयाँ किलोमा बिक्री हुँदै आएको टिम्बुर अहिले ३ हजारमा बिक्री हुँदै आएको छ। यसबाट स्थानीयले राम्रो आम्दानी लिइरहेका छन्।

स्वदेशी पर्यटक होमस्टेमा बसेर फर्कंदा कोसेलीको रूपमा टिम्बुरको साथै भागो, भटमास, घिउँ, तरकारी लिएर आउन सक्ने गरी गाउँमा उत्पादन भइरहेको स्थानीय होमस्टे सञ्चालक रश्मि चोखालले बताइन्। बेनी नगरपालिका–९ तोरीपानी गाउँ टिम्बुर उत्पादनकालागि प्रख्यात छ।
अर्गानिक तरकारी, मासु, अन्न उत्पादन हुँदै आएकोले पर्यटक आउँदा तरकारी, मासु, अन्डालगायत उत्पादन किन्न बजार धाउनुपर्ने अवस्था नरहेको स्थानीयले बताएका छन्। यस गाउँको तरकारी, टिम्बुरलगायतको उत्पादन बेनी बजार पुग्ने गर्दछ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.