खानपिनमा खेलाँचीले क्यान्सरको जोखिम

खानपिनमा खेलाँचीले क्यान्सरको जोखिम

शरीरमा क्यान्सर गराउन सक्ने जोखिमयुक्त पदार्थ हो, कार्सिनोजेन। कार्सिनोजेन शरीरमा एक्टिभेट हुँदा क्यान्सरको जोखिम उच्च हुन्छ। कार्सिनोजेनले शरीरका कोषहरू (सेल)हरूलाई अनियन्त्रित र विभाजन गरिदिन्छ। जसका कारण हाम्रो शरीरको स्वाभाविक प्रक्रियामा डिस्टर्ब हुन पुग्छ। कार्सिनोजेन शरीरमा प्रवेश गरी शरीरको डीएनएमा उत्परिवर्तन (म्युटेसन) गराउँछ। जसबाट डीएनएमा परिवर्तन आउन थाल्छ। शरीरका कोषहरू अनियन्त्रित रूपमा बढ्न थाल्छन्। त्यो नै क्यान्सरको रूप हो। कार्सिनोजेन बाहिरी वातावरणमा पनि हुन सक्छ। खानपिनमा पनि हुन सक्छ। त्यसैले आफ्नो बसोबास, जीवनशैली, खानपान पनि स्वस्थकर छ/छैन ? यसमा ध्यान दिनुपर्छ।

क्यान्सर जोखिम बढाउने खानाहरू

खानामा कार्सिनोजेन बन्ने तत्त्व पाइन्छ। त्यस्तै खाना पकाउने तौरतरिकाले पनि कार्सिनोज बन्न पुग्छ।
१.    प्रशोधित मासु : अत्यधिक तापले मासुमा रहेको प्रोटिन रसायन नाइट्राइट्सबाट हानिकारक नाइट्रोसेमाइनमा परिणत हुन्छ । यसबाट पेटको क्यान्सर हुन सक्छ । नाइट्रोसेमाइन नामक कार्सिनोजेनले पेटको क्यान्सर गराउन सक्छ। ससेज (जनावरको मासुलाई प्रशोधन गरी विभिन्न नुन, चिनी, प्रिजर्भेटिभ र केमिकल मिसाएर बनाइएको मासु) पनि अस्वस्थकर हो। जुन क्यान्सरजन्य हुन सक्छ।
२. डढेको र मसलेदार मासु : भुटुवा, रोस्ट, सेकुवा खाँदा स्वादिलो लाग्छ। तर, क्यान्सर निम्त्याउन पनि सक्छ। बार्बेक्यु, ग्रिल्ड, धेरै पोलिएको मासु अर्थात् उच्च तापमा पकाइएको मासुमा पनि कार्सिनोजेन पाइन्छ। 
३.    तारेका र तेलमा डुबाइएका खानेकुरा : फ्राइड चिकेन, मोमो, चाउमिन, समोसा, पकौडा, फ्रेन्च फ्राइजजस्ता खानेकुराहरू स्वास्थ्यका लागि लाभदायक मानिँदैनन्। तेलको बारम्बार प्रयोग गरेर पकाउँदा त्यो खानेकुरा कार्सिनोजेनयुक्त हुने सम्भावना बढी हुन्छ।
४. ढुसी लागेको खानेकुरा : बदाम (पिनट), मकै, चना, ढुसी लागेको छ भने खानु हुँदैन। यस्तो खानेकुराले क्यान्सर गराउने जोखिम हुन्छ।
५.    धेरै प्रशोधित र प्याकेट बन्द खानेकुरा : इन्स्ट्यान्ट नुडल्स, चिप्स, बिस्कुट, रंगीनयुक्त खानेकुराले पनि क्यान्सरको जोखिम बढाउँछ।
६.    अल्कोहल : अल्कोहललाई पनि कार्सिनोजेन नै मानिन्छ। यसले मुख, घाँटी, कलेजो, आन्द्राको क्यान्सर गराउने जोखिम हुन्छ।
 शरीरका जुनसुकै अंगमा पनि क्यान्सर हुन सक्छ। अस्वस्थ जीवनशैली बिताइरहेकाहरूले पनि भविष्यमा क्यान्सर हुन्छ कि भन्ने डर मनमा राखिरहनु हुँदैन। यथाशीघ्र विशेषज्ञसँग परामर्श लिने वा जँचाउने गर्नुपर्छ। स्वस्थकर र सन्तुलित खानपान एवं सक्रिय जीवनशैली जिउनु पर्छ।
क्यान्सरको जोखिम घटाउन के गर्ने ? 
क्यान्सरबाट जोगिन नेपाली खाना अर्थात् दाल, भात, तरकारी, ताजा अचार र मौसमअनुसारको फलफूल खाने गर्नुपर्छ। स्वस्थ्यकर सक्रिय जीवनशैली अपनाउनु 
जरुरी हुन्छ। 
– तरकारी/फलफूलमा पाँच रंग (हरियो, रातो, पहेंलो, नीलो, सेतो) मिलाउने।
–    ताजा एवं विषादीरहित तरकारी, फलफूल, फाइबरयुक्त खाना खाने।
–    धूमपान नगर्ने र मदिरा नखाने।
–    नियमित व्यायाम गर्ने।
–    सकारात्मक सोच्ने।
–    सक्रिय र ऊर्जावान् हुने।
–    नियमित स्वास्थ्य जाँच गर्ने।

डा. शाही कन्सल्ट्यान्ट मेडिकल अंकोलोजिस्ट हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.