मधेश सरकार गठन विवाद

७ दलबीच मुख्यमन्त्रीमा सहमति भएन, एमालेले कांग्रेसलाई साथ दिने

७ दलबीच मुख्यमन्त्रीमा सहमति भएन, एमालेले कांग्रेसलाई साथ दिने

जनकपुरधाम : मधेशका प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले मधेश सरकार गठनका लागि आह्वान गरेको समयसीमा शुक्रबार साँझ ५ बजे सकिदैछ । तर, मधेश सरकार गठनको लागि ७ दल बीच सहमति जुट्न नसक्दा दावी पेश हुन सकेको छैन् । ७ दल बीचमा नेपाली कांग्रेस संसदीय दलका नेता कृष्णप्रसाद यादव र लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र (सोनल) प्रसाद सोनर बीचमा सहमति जुट्न नसक्दा सरकार दाबीमा अन्योलता सृजना भएको हो । 

नेपाली कांग्रेस,जनता समाजवादी पार्टी (जसपा),जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी पार्टी) र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) बीच बिहीबार  भएको आठ घण्टा लामो छलफल पश्चात पनि सहमति हुन नसक्दा सरकार बनाउनेबारे अन्योलता बढेको हो । 

जनता समाजवादी पार्टी,नेकपा माओवादी केन्द्र र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले जितेन्द्र सोनारलाई मुख्यमन्त्री बनाउने अडान नछोडेपछि नेपाली कांग्रेस मधेश प्रदेशका अध्यक्ष तथा संसदीय दलका नेता कृष्णा प्रसाद यादवले सरकारलाई समर्थन नगर्ने तथा प्रतिपक्षमा बस्ने अडान लिएपछि सरकार बारे अन्योलना सृजना भएको हो । 

सोनारको पक्षमा लोसपासहित जसपा,माओवादी केन्द्र र एकीकृत समाजवादी पनि सहमत रहेको स्रोतको भनाइ छ । जनमत पार्टी भने हेर र पर्खको स्थितिमा छ । विश्वासको मत प्राप्त गर्न नसक्ने भएपछि पहिला सोनलले मुख्यमन्त्रीबाट राजीनामा दिएका थिए । 

अहिले पनि त्यही समस्या दोहोरिने संकेत देखिएको छ । त्यसलै पनि सोनल जसरी पनि कांग्रेसलाई फकाउने  प्रयासमा छन् । तर, कांग्रेसले  गठबन्धनको समर्थनमा मुख्यमन्त्री नपाए विपक्षमा बस्ने आशय व्यक्त  गरेपछि एमालेले भने कांग्रेसलाई अघि बढ्न सन्देश पठाएको छ । एमालेले नयाँ मुख्यमन्त्रीमा कांग्रेसलाई साथ दिने संकेत गरेपछि मधेश केन्द्रित दलहरूमा तनाव थपिएको छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.