election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सभापतिमा उठ्ने गगन थापाको घोषणा

सभापतिमा उठ्ने गगन थापाको घोषणा

मलंगवा : नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले १५ औँ महाधिवेशनमा सभापति पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।  आज

सर्लाही सदरमुकाम मलंगवामा पत्रकार सम्मेलनमा महामन्त्री थापाले महाधिवेशनमा आफूले सभापतिमा उम्मेदवारी दिने बताएका हुन् । 

नयाँ नीति, नयाँ सन्देशका साथ उम्मेदवारी दिने थापाले बताए । ‘पार्टीका साथीहरुसंग छलफल गर्दै छु । नयाँ नेतृत्व चयनका लागि चाडै नै देश दौडाहा गर्छु।’ उनले भने,‘फागुन २१ को प्रतिनिधिसभा निर्वाचन अघि नै पार्टीको महाधिवेशनमा जानुपर्ने अवस्था छ । बिचको केही समय छलफल र बहसमा खेर गएको छ । समय छोटो छ । चाडैं नै पार्टीको महाधिवेशन सम्पन्न गरेर फागुन २१ को निर्वाचनमा जानु पर्ने अवस्था छ ।’ null

अर्को प्रसंगमा उनले फागुन २१ गते हुने निर्वाचनमा सबै दल सहभागी हुने विश्वास व्यक्त गरे। संविधानमाथिको क्षति थप बढ्न नदिन फागुन २१ गते निर्वाचन गर्नुपर्ने थापाले बताए । ‘नेपाली कांग्रेसको तर्फबाट फागुन २१ को निर्वाचनप्रति हामी पूर्ण प्रतिबद्ध छौँ,’ महामन्त्री थापाले भने,‘दलहरु तयार भइसकेकाले सरकार पनि सम्पूर्ण संशय हटाएर निर्वाचन गराउने गरी अघि बढ्नुपर्छ ।’ 

जेनजी आन्दोलनपछि फरार रहेका कैदीबन्दी र लुटिएका हतियार निर्वाचनका लागि चुनौती रहेको थापाले बताए । थापाले भने,‘केही संशय छ । सरकारले समयमै त्यस्तालाई नियन्त्रण गर्नुपर्छ । भागेका कैदी र लुटिएका हतियारले चुनावमा केही अपराधिक गतिविधि हुन सक्नेमा शंका छ । सरकारलाई हामीले अवगत गराएका छौं । प्रधानमन्त्रीले राखेका सर्वदलिय बैठकमा सरकारलाई हामीले ध्यानाकर्षण गराएका छौं ।’


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.