election background

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रकृति, प्रणय र दीपा

समीक्षा

प्रकृति, प्रणय र दीपा

समकालीन नेपाली साहित्यमा आफ्नो पृथक् आवाज र शैली स्थापित गरिरहेकी कवि तथा गीतकार दीपा राई पुनको सिर्जनात्मक यात्राले पछिल्ला वर्षहरूमा उल्लेखनीय ध्यान तान्दै गइरहेको छ। खासगरी प्रवासी साहित्यका मार्फत आफ्ना कथा कविताहरूमा उनी जीवनका सूक्ष्म मनोभाव, प्रकृति, प्रेम जीवन र सरल विषयवस्तुलाई खास दृष्टिले उतार्छिन्। शैलीमा सरलता र भावनामा गहिराइ मिसिने भएकाले उनका लेखन पढ्न बुझ्न सरल लाग्छन्। कथा, कविता गीति विधामा सक्रिय उनी आफ्ना विषय छनोटमा यथार्थ र जीवन संवेदनशीलताको सन्तुलन खोजिरहन्छन् ।

साहित्य लेखनका माध्यमबाट आज हामी चिनिएको पनि १२ वर्षभन्दा बढी नै भइसकेछ। अहिले हामी अमेरिकाको बोस्टन सहरमा छिमेकी काव्यिक सहयात्रामा छौं। सन् २०१२ तिर उनी बोस्टन आएपछि हामी साहित्यिक सहयात्रीका रुपमा उकाली ओराली र झरी वर्षाको सामना गर्दै मान्छेभित्रको मान्छे अन्वेषण गरिरहेछौं। हामी एकअर्काका कविता तथा गीतका पाठक श्रोता दुवै हौं। यहाँ हाम्रा आ–आफ्नै व्यावहारिकता, चिन्तन मनन् र जीवन संघर्षका कथा पनि छन् । ती यात्राभित्र सुखहरू पनि छन् ।

दुःखहरू पनि छन्। यस राज्यमा २० हजार नेपालीका प्रायः उस्तैउस्तै खालको जीवनशैली र मार्ग गतिशील भएको पाइन्छ । यति ठूलो संख्यामा हामी नेपालीहरू रहे पनि दसै, नयाँ वर्ष मेला महोत्सव, सांस्कृतिक कार्यक्रममा सोचे अनुरूप सहभागिता अत्यन्त न्यून भएको अनुभूति हुन्छ । तर, यस्ता पर्व, संस्कृति, भेषभूषा, भाषा, साहित्य र कलामा माया गर्नेहरूको भौतिक उपस्थिति कम भए पनि उनीहरूको नेपाली साहित्यप्रतिको योगदान र भावनात्मक सक्रियता अत्यन्त महत्त्वपूर्ण छ। गीत गाउनु, नाच्नु, कविता वा कथा पढिदिनु, मन पराएर श्रोता बन्नु— यी सबै क्रियाकलापहरूले नेपाली साहित्य र संस्कृतिलाई आजका दिनसम्म निरन्तर सक्रिय बनाइरहेका छन् ।

बोस्टनको सानो परिवेशबाट सुरु गरेर दीपाले बनाएको साहित्यिक छवि प्रशंसनीय छ। उनी लेखनमा लोकजीवन, संस्कार, प्रकृति प्रतीक तथा समसामयिक चेतनालाई समान दृष्टिले प्रस्तुत गर्छिन् । कथनशैलीमा सहजता, विषयवस्तु मौलिक र पात्र–निर्माणमा जीवन्तता उनका प्रमुख विशेषता मानिन्छन्। अमेरिका, युरोप, एसिया र नेपालसम्म उनको राम्रो छवि फैलिएको छ। नेपाल जाँदा आउँदा नेपालभित्रका साहित्यिक गतिविधि र क्रियाकलापमा पनि उत्तिकै सक्रिय देखिने दीपा राई कहिल्यै नथाक्ने लेखिकाको रूपमा पनि चिन्न सकिन्छ । भाषिक सौन्दर्यबोध र अनुशासन अनि उनका निम्न चिन्तनले पनि उनी सहज र सरल लेखिकाको रूपमा आफूलाई स्थापित गर्दै लगेकी छिन् जसमा मुख्यतः निम्न कुराहरू छन्।
१.    सकारात्मक सोच ।
२.    भ्याएसम्म साहित्यिक सक्रियता र सहभागिता ।
३.    हरेक सर्जक संस्कृति प्रेमीप्रति उच्च आदरभाव रहन्छ ।
४.    स्रष्टाहरूका विचार, मनोभाव अभिरुचिपूर्वक सुन्ने, बुझ्ने प्रवृत्ति।
५.    लामालामा गन्थन गरेर पाठक, श्रोता, भावकहरूको रुचि घटाउनुहुन्न भन्ने सोच ।
६.    मीठो कविता वाचन र बोली ।

दीपा राईको काव्यिक पथ कस्तो छ र उनको रचनाका अन्तरवस्तु र तिनमा निहीत वैशिष्ट्यहरू के कस्ता हुन्छन् भन्ने थाहा पाउनु लागि पनि यति कुरा भन्नै पर्छ भन्ने लागेकाले पृष्ठभूमि सल्काउने प्रयत्न मैले गरेको हुँ । दीपा राई पुनले नेपाली साहित्यमा स्नातकोत्तर तहसम्मको शिक्षा आर्जन गरेकी छन्। यो अध्ययनले उनको रचनाकारितालाई पृष्ठपोषण गरेको अनुभव हुन्छ । यति भनेपछि दीपाको मन मस्तिष्कमा, श्वासप्रश्वासमा, रगतको थोपाथोपामा साहित्यिक अनुराग प्रवाहित छ। नेपालबाट अमेरिका आउनुपूर्व पुष्य व्यवसाय गर्ने गर्थिन् । मानव जीवनलाई श्वास र सुवास दिने प्रकृतिको दीपा प्रकृति, प्रेमिका, माया र माली हुन । झारहरू गोडेर फूलहरू सुमसुम्याएर, तिनको हेरचाह र सुसार गरेर बिताएका पलहरू नै आजका कविताका मलजल र ऊर्जाहरू हुन । दीपाको रचनाकारिताको प्रथम वैशिष्ट्य प्रकृतिप्रेम नै हो । प्रकृतिका छायाँ, ध्वनि र रूपाकृतिबार दीपा अत्यन्तै विमोहित छन् भन्ने कुरा उनका कविताका प्रकृतिपरक शीर्षक बहुलताबाटै पनि प्रस्ट हुन्छ।

मातृमन्त्र (प्र. ६), यात्रा संवाद (पृष्ठ ११), एउटा यस्तो विहान (पृ. १७), फूलहरू (पृ.३८, शारदी याम (पृ.३०), घामछायाँ (४९), शारदी पात (प्र.५३), घाम (प्रु. ६२) जीवन र जून (पृ. ८२), समय, रुख र म (पृ.९१) वनफूल (पृ.२४) बाट पनि प्रस्ट हुन्छ। मैले उल्लेख गरेका कविताहरू ‘दियोको अन्तिम लप्का र शरदका पहेँला पातहरू’ भन्ने कविता संग्रहमा प्रकाशित छन्। प्रकृतिलाई साथी आमा, सहयात्री, संवादक, प्रेरक, गुरु, जीवनदायी दाता आदिका रूपमा उभ्याएकी छन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.