'करेन्ट नूडल्स' अब ग्रीन इनर्जीबाट बनाइने : यशोदा फूड्स

'करेन्ट नूडल्स' अब ग्रीन इनर्जीबाट बनाइने : यशोदा फूड्स

काठमाडौं : करेन्ट नुडल्सका निर्माता तथा नुडल्स तथा स्न्याक्स क्षेत्रकै अग्रणी नाम, यशोदा फुड्सले कपिलवस्तुस्थित आफ्नो कारखानामा ८६५ केडब्ल्यूपी क्षमताको रूफ–टप सोलार परियोजना जडान गरेको छ। 

यो परियोजनाले २३ नोभेम्बर २०२५ देखि स्वच्छ तथा हरित सौर्य ऊर्जामार्फत बिजुली उत्पादन गर्न सुरु गरिसकेको छ। यससँगै यशोदा फुड्स, नेपालमा पहिलो पटक सौर्य ऊर्जामा आधारित नुडल्स उत्पादन गर्ने नुडल्स उद्योग बनेको छ।

कम्पनीले “नेपालकै पहिलो ग्रिन नुडल्स म्यानुफ्याक्चरिंग फेसिलिटी ” को उपमा समेत आफ्नो नाम गराउन सफल भएको छ। साथै, कपिलवस्तु औद्योगिक करिडोरमा पनि छानामाथि सौर्य नविकरणीय ऊर्जाप्रयोग गर्ने पहिलो उद्योग बन्न सफल भएको छ। यस सौर्य प्लान्ट माफर्त औद्योगिक आवश्यकताको करिब ८० प्रतिवेदन बिजुली माग पूरा हुने, विद्युत खर्च ६५% ले घट्ने तथा प्रयोगबिहिन रहेको छाना सदुपयोग समेत हुनाका साथै कार्बन उत्सर्जनमा उल्लेखनीय कमी आउने अपेक्षा गरिएको छ।

उक्त परियोजना नेपालकै अग्रणी तथा दीर्घ अनुभव सम्पन्न स्मार्ट सौर्य समाधान प्रदायक प्राइम रिन्यू एवल्स प्रालिद्वारा निर्माण गरिएको हो। परियोजनाका लागि एनएमबी बैंक लिमिटेडद्वारा वित्तिय सुविधा उपलब्ध गरिएको थियो। त्यसैगरी, जर्मन ग्रान्ट डीकेटीआई परियोजनाअन्तर्गत वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र (एईपीसी)ले व्याज अनुदानसहितको वित्तीय सहयोग प्रदान गरेको हो।


“हामीसमग्र यशोदा फुड्स परिवार, नुडल्स तथा स्न्याक्स क्षेत्रमा नेपालकै पहिलो सौर्य प्रणाली चन्द्रौटा प्लान्टमा जडान गर्न पाउँदा अत्यन्त गर्वित छौँ। यसले कार्बन उत्सर्जन घटाउनुका साथै करेन्ट नुडल्सलाई संचालनमा दिगोपनाको दिशातर्फ लैजान ठूलो मद्दत गर्नेछ।”, डिसेम्बर २ मा चन्द्रौटा प्लान्टमा आयोजित उद्घाटन समारोहमा बोल्दै ग्लोबल एक्जिक्युटिभ डाइरेक्टर जीपी साहले भने, “८५६ केडब्ल्यू क्षमताको यस प्लान्टबाट हरेक वर्ष १० लाख युनिटभन्दा बढी बिजुली उत्पादन हुनेछ। जसले २,००० टन सीओटू उत्सर्जन बचत गर्नेछ। यसले उत्पादनलागत घटाउने भएकाले हामी अझप्रतिस्पर्धी बन्नेछौँ र हाम्राग्राहक तथा स्टेक होल्डरहरूलाई थप भ्याल्यू प्रदान गर्न सक्षम हुनेमा हामी विश्वस्त छौँ।”

“यस्ता परियोजनाहरूले नेपाली उद्योगलाई डिकार्बोनाइजेशनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्छन्। यसले नेपालका अन्य उद्योगहरूलाई पनि स्वच्छ ऊर्जा अपनाउन प्रेरित गर्नेछ। जर्मन सहयोगमार्फत नेपाल सरकारले प्रदान गरेको सहयोग यस्ता परियोजनाको सफलतामा दीर्घकालीन योगदान दिनेमा हामी विश्वस्त रहेका छौँ,” एईपीसीका कार्यक्रम प्रमुख सन्तोष राईले भने।

“हामी ईपीसीका ठेकेदारको रूपमा तीन महिनाभित्र यो परियोजना सफलतापूर्वक सम्पन्न गर्न सफल भएका छौँ। नविनतम सोलार पीभी प्रविधि, उच्च कार्यक्षमताका बाइफेसियल सोलार प्यानल तथा एआई सक्षम स्मार्ट इनभर्टरको उपयोग भएको यो परियोजना सफलतापूर्वक हस्तान्तरण गर्न पाउँदा हामी अत्यन्त खुसी छौँ”, प्राइम रिन्यू एवल्सका अध्यक्ष आशिष गर्गले भने।

सौर्य ऊर्जा, विश्वभर नै वातावरणमैत्री तथा सस्तो ऊर्जा स्रोतको रूपमा तीव्र गतिमा विकसित हुँदै गइरहेको छ। जीवाश्म इन्धनलाई चरणबद्ध रूपमा विस्थापित गर्दै विश्व हरित ऊर्जा तर्फ अग्रसर भइरहेका बेला आवासीय, औद्योगिक र युटिलिटी स्केल सौर्य ऊर्जा अपनाउने दर उल्लेखनीय रूपमा बढ्दै गइरहेको छ। नेपाली उद्योगहरूले पनि अब छाना माथिको सौर्य समाधानलाई कम लागतको विद्युत स्रोत तथा डिकार्बोनाइजेशनका उपायका रूपमा तीव्र गतिमा अंगिकार गरिरहेका छन्। 

एईपीसीले पछिल्ला वर्षहरूमा यस्ता पहललाई निरन्तर समर्थन गर्दै आएको छ र हालसम्म २५ मेवा संयुक्त क्षमताका ५० भन्दा बढी उद्योगहरूले यस्ता सोलार प्रणाली जडान गरिसकेका छन्। साथै, यो संख्या दैनिक रूपमा बढ्दै गइरहेको जानकारी दिइएको छ। नेपाल जलविद्युतमा धनी भएता पनि, सौर्य ऊर्जा भण्डारण प्रविधिसँग जोडिँदा सुख्खा मौसममा नदीको पानी घट्दा अत्यन्त उपयोगी वैकल्पिक ऊर्जा स्रोत बन्न पुगेको छ। 

नेपाल ईलेक्ट्रिसिटी अथोरिटी (एनईए)ले औद्योगिक रूफ–टप परियोजनाहरूलाई नेट–मिटरिङ सुविधा उपलब्ध गराउने भएकाले अतिरिक्त उत्पादन राष्ट्रिय ग्रिडमा प्रवाहसमेत गर्न सकिन्छ। उद्योग परिसरभित्रै उत्पादित स्व–आश्रित ऊर्जाले प्रसारण तथा वितरण प्रणालीमा पर्ने भार घटाउने भएकाले पूर्वाधार लागत पनि कम हुन्छ। यस्ता रूफ–टप सौर्य परियोजनालाई अझ प्रोत्साहन गर्नु आवश्यक देखिन्छ।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.