election background

प्रतिनिधि सभा निर्वाचन २०८२

डिश होमले ल्यायो एआई ‘खुशी’

डिश होमले ल्यायो एआई ‘खुशी’

प्रविधिमा नवीनतम अभ्यास गर्दै आएको डिश होमले ग्राहकको आवश्यकतालाई मध्यनजर गर्दै ‘एआइ खुशी’ बजारमा ल्याएको छ। 

डिश मिडिया नेटवर्कले ग्राहकलाई नेपाली भाषामै जवाफ दिने डिश होम एआई खुशी सार्वजनिक गरेको हो। यो माध्यमबाट ग्राहकले डिजिटल सेवा छिटो र छरितो पाउने कम्पनीको विश्वास छ। 

त्यस्तै, ग्राहकलाई मान्छेको जस्तै आवाजमा निरन्तर संवादमार्फत् पुनः नवीकरण लागि सम्पर्क गर्न, विभिन्न अफर पेश गर्न तथा कुराकानीको क्रममा प्राप्त हुने प्रतिक्रिया, गुनासो र सुझाव संकलन गरी ग्राहक सेवा केन्द्र समूहसम्म पुर्याउन खुशीले महत्वपूर्ण भूमिका खेल्ने बताइएको छ। 

उक्त एआईले कुराकानीकै क्रममा ग्राहकको भावनात्मक प्रतिक्रियाको विश्लेषण गरी प्रतिवेदनसमेत तयार पार्ने कम्पनीको दावी छ। ठूलो परिमाणमा कल आउने अवस्थामा ग्राहकलाई तुरुन्त र यथार्थ जानकारी उपलब्ध गराई ग्राहक सेवालाई थप प्रभावकारी बनाउन पनि यो उपयोगी हुने बताइएको छ। 

डिश मिडिया नेटवर्कले यसअघि भर्चुअल प्रिभिलेज कार्ड सार्वजनिक गर्दै ग्राहकलाई होटल, रेस्टुरेन्ट, रिसोर्ट, स्वास्थ्य सेवा, इलेक्ट्रोनिक सामान लगायत २०० भन्दा बढी साझेदार व्यवसायमा २५ प्रतिशतसम्म छुट पाउने सुविधा दिएको थियो। हाल टियु मैदानमा जारी नेपाल प्रिमियर लिगका सबै खेल दर्शकसमक्ष पुर्याउन ‘डिस होम गो’ एप समेत सञ्चालनमा ल्याएको छ।
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.