election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भारतको नाइट क्लबमा सिलिन्डर विष्फोटमा परी चार नेपालीको मृत्यु

भारतको नाइट क्लबमा सिलिन्डर विष्फोटमा परी चार नेपालीको मृत्यु

नयाँ दिल्ली : भारतको गोवास्थित नाइट क्लबमा आगलागीमा परी मृत्यु भएका २५ जनामध्ये चारजना नेपाली रहेको खुलेको छ। मृत्यु भएका चारैजना उक्त क्लबमा कार्यरत रहेको गोवा प्रहरीले जनाएको छ। 

मृत्यु हुनेमा चूर्णबहादुर पुन,विवेक कटवाल,सुदीप र सविनको पहिचान खुलेको प्रहरीले जनाएको छ। चारैजनाको पोस्टमार्टम रिपोर्ट आइसकेको र गोवाको अस्पतालमा शव राखिएको जनाइएको छ। गोवा सरकारले नयाँ दिल्लीस्थित नेपाली राजदूतावासँग सम्पर्क गरी  चारवटै शवलाई नेपाल पठाउन समन्वय भइरहेको गोवा पुलिसले जनाएको छ। उनीहरू कुन जिल्लाका हुन् खुल्न बाँकी छ।

प्रहरीका अनुसार उक्त घटनामा मृत्यु भएकामध्ये २० जना क्लबका कर्मचारी रहेका छन्। सोही घटनामा पाँचजना पर्यटकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। जसमध्ये चारजना दिल्लीका  र अर्का एकजना कर्नाटकका हुन्।

शनिबार उत्तरी गोवाको अर्पोरा गाउँको नाइटक्लबमा सिलिन्डर विष्फोट भएर ठूलो आगलागी हुँदा २५ जनाको मृत्यु भएको हो। राज्यको राजधानी पणजीबाट करिब २५ किलोमिटर टाढा रहेको अर्पोरा गाउँको बिर्च बाई रोमियो लेन क्लबमा मध्यरातमा आगलागी भएको थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.