election background

प्रतिनिधि सभा निर्वाचन २०८२

तेल उद्योगका मजदुर पुलमुनि मृत भेटिए

तेल उद्योगका मजदुर पुलमुनि मृत भेटिए

विराटनगर : मोरङको बुढीगंगा र सुनसरी दुहबीको सिमाना भएर बग्ने बुढी खोलाको पुलमुनि तेल उद्योगका मजदुर मृत फेला परेका छन् । सोमबार बिहान ८ बजेतिर शव फेला परेको हो । 

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीले बुढीगंगा गाउँपालिका–५ स्थित बुढी खोलामाथि बन्दै गरेको नयाँ पक्की पुल र पुरानो पुलबीचको खाली ठाउँमा शव भेटिएको जानकारी दिए । 

उनका अनुसार मृत फेल परेका व्यक्ति भारतको कोलकाता घर भइ विगत १०–१५ वर्षदेखि बुढीगंगा–५ मा बस्दै आएका ५० वर्षीय मोहमद अली अन्सारी हुन् ।  अन्सारी बुढीगंगा–५ स्थित स्वस्तिक तेल उद्योगमा काम गर्ने मजदुर रहेको प्रहरीले जनाएको छ ।

घोप्टो परेको अवस्थामा स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए । त्यसलगत्तै जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको इन्स्पेक्टर लेखनाथ दाहाल नेतृत्वको टोलीले आवश्यक कानुनी प्रक्रिया पूरा गरी शवलाई पोस्मार्टमका लागि विराटनगरको कोशी अस्पताल पठाएको छ ।

शवको सनाखत मृतककै पत्नी कुर्नी खातुनले गरिदिएको प्रहरीले जनाएको छ । तेल फ्याक्ट्रीमा काम गर्ने मजदुर कसरी पुलमुनि मृत फेला परेका हुन् भन्ने यकिन हुन बाँकी रहेको डीएसपी चौधरीले बताए । मादक पदार्थ सेवन (मापसे) गरेर हिँड्ने क्रममा पुलबाट खसेर मृत्यु भएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ । 

'मृत्युको कारण पत्ता लाग्न बाँकी छ । पोस्टमार्टम रिपोर्ट प्राप्त भएर थप अनुसन्धान अघि बढाएपछि यथार्थ पत्ता लाग्छ । विभिन्न कोणबाट घटनाको अनुसन्धान भरहेको छ,'डीएसपी चौधरी भन्छन् । उनका अनुसार तत्काल हेर्दा मृत्यु शंकास्पद देखिएको छैन । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.