थाइल्याण्ड र कम्बोडियाबीच झडप जारी, मृत्यु हुनेको संख्या ६ पुग्यो
काठमाडौं : थाइल्याण्ड र कम्बोडियाबीच सोमबार राति पनि लडाइँ जारी रह्यो। कम्बोडियाको रक्षा मन्त्रालयका अनुसार सोमबार र मंगलबार मध्यरातपछि थाई सेनाले सीमा नजिकै रहेको बान्टेय मिन्चे प्रान्तमा गोलीबारी गरेको थियो।
कम्बोडियाको रक्षा मन्त्रालयले घटनामा राष्ट्रिय राजमार्गमा यात्रा गरिरहेका दुई नागरिकको मृत्यु भएको जनाएको छ। सोमबार थाइल्याण्डले आफ्ना एक सैनिकको मृत्यु भएको बताएपछि दुई देशबीचको पछिल्लो झडपमा मृत्यु हुनेको संख्या ६ पुगेको बीबीसीमा समाचार छ।
जुलाईमा युद्धविराम भएयता दुई देशबीच भएको सबैभन्दा गम्भीर टकराव पछिल्लो झडपको लागि दुवै देशले एकअर्कालाई दोषारोपण गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !