व्यापार घाटा भर्सेस व्यापार नाफा

व्यापार घाटा भर्सेस व्यापार नाफा

२०८२/८३ को तीन महिनामा कुल आयातमध्ये सबैभन्दा बढी आयात इन्धन पदार्थको भएको छ। १६ अर्ब ७६ करोड ८७ लाख रुपैयाँबराबरको इन्धन २० अर्ब ६९ करोड ४५ लाख रुपैयाँको डिजेल र १३ अर्ब ९८ करोड १९ लाख रुपैयाँको खाना पकाउने एलपी ग्यास आयात भएको छ। सोही अवधिमा ३० अर्ब २४ करोड ८७ लाखबराबरको कच्चा सोयाबिन तेल, १३ अर्ब ६२ करोड ७५ लाखको स्मार्ट फोन १२ अर्ब ५१ करोेड ६४ लाखको फलामजन्य सामाग्री र १० अर्ब २५ करोड ३२ लाभको सुन आयात भएको छ।

मोटरसाइकल, विद्युतीय गाडी, नटस्, भटमास, लुब्रिकेन्ट, हवाई इन्धन र ल्यापटप र नोटबुकहरूको आयात उच्च रहेको देखिन्छ। आयात गरिने मुख्य सामग्रीहरूमा इन्धन पदार्थ, सवारीसाधन, फलाम, कच्चा सुर्यमूखी, भटमासलगायतका कृषि सामग्री तथा भान्सामा देैनिक प्रयोेग हुने सामग्रीसमेतको उच्च छ। सोयाबिन तेल, कार्पेट, सनफ्लावर तेल र फेल्टले निर्यातले देशको निर्यात व्यापार बढाएको छ।

पहिलो तीन महिनामा निर्यात ९८.६४ प्रतिशतले बढेको छ। २०८२/८३ को तीन महिनामा ३० अर्ब ६९ करोड ७८ लाख रुपैयाँको सोयाबिन तेल निर्यात भएको छ। तेल भारतमा निर्यात भएको छ। निर्यात बजारमा क्रुड सोयाबिन, पाम र सनफ्लावरको भूमिका महŒवपूर्ण छ। तेसो देशबाट आयात हुने कच्चा पदार्थ व्यवसायीले रिफाइन गरेर भारत निर्यात गर्छन्। सोयाबिनको कच्चा पदार्थ नेपालमा उपलब्ध हँुदैन। निर्यात भएका वस्तुमध्ये दोस्रो नम्बरमा कार्पेट छ। पहिलो तीन महिनामा २ अर्ब ५७ करोड ५४ लाख रुपैयाँका कार्पेट अमेरिका निर्यात भएको छ।

भारतपछि नेपालकोे निर्यात व्यापारको गन्तव्य अमेरिका हो। पहिलो तीन महिनामा भारतमा ५९ अर्ब १२ करोड ८४ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। दोस्रोमा अमेरिकामा ४ अर्ब ८१ करोड ४३ लाख रुपैयाँको वस्तु निर्यात भएको छ। निर्यात भएका वस्तुमध्ये तेस्रो र चौथोमा क्रममा सन्फ्लावर र फेल्ट रहेको छ। तीन महिनामा २ अर्ब १३ करोड ९५ लाख रुपैयाँको सनफ्लावर र १ अर्ब ७३ करोड ९६ लाख रुपैयाँको फेल्ट निर्यात भएको छ। सन्फ्लावर, फेल्टपश्चात् भने पाम तेल, अलैंची, जुटजन्य सामग्री आदि वस्तु छन्। उच्च निर्यात हुनेमा जुस, प्लाइउड, कुकुर–बिरालाको आहारलगायतका सामग्री छन्।

२०८२/८३ को तीन महिनामा देशको व्यापार घाटा करिब चार खर्ब रुपैयाँ भएको छ। २०८२/८३ को पहिलो तीन महिनामा चार खर्बको वस्तु आयात भएको छ। २०८२/८३ को तीन महिनामा निर्यात ७२ अर्ब रुपैयाँ बढी भएको छ। २०८२/८३ को तीन महिनामा वैदेशिक व्यापारमा नेपालको निर्यातको हिस्सा १४ र आयात ८६ प्रतिशत रहेकोे छ। आयात र निर्यात दुवैमा वृद्धि हँुदा समग्र वैदेशिक व्यापार बढेको हो। २०८२/८३ को तीन महिनामा वैदेशिक व्यापार पाँच खर्ब बढी भएको छ। आव २०७८/७९ मा व्यापार घाटा १३ खर्ब ९८ अर्ब ७१ करोड २९ लाखबराबरको थियो।

आयात नियन्त्रण गर्दा पनि एकै वर्षमा व्यापार घाटा बढेर कुल बजेटभन्दा बढी व्यापार घाटा हुनु भनेको नेपाल पूर्ण त आयातीत अर्थतन्त्र भएको प्रमाण हो। २०७८/७९ मा नेपालले पूर्ण मूल्यमा २ खर्ब ३ करोड ९ लाख ६२ हजारबराबरका वस्तु निकासी भएको थियो। दुई खर्बको निकासीमा आधा अर्थात् ५० प्रतिशत आयातको खाने तेलले ओगटेको देखिन्छ। नेपालको कुल निकासीको झन्डै ५० प्रतिशत हिस्सा भने भटमास, पाम तेल र सूर्यमुखी तेलले ढाकेको थियो। नेपालबाट भारततर्फ निकासी हुने भटमासको तेल, पाम तेल र सन्फ्लावरको हिस्सा नेपालको कुल निकासीको झन्डै ५० प्रतिशत छ।

२०७८/७९ मा ९३ अर्ब ६९ करोड ९६ लाख ६२ हजार रुपैयाँको सोयाबिन, पाम तेल र सन्फ्लावर निकासी भएको छ। यो कुल निकासीको ४६.८४ प्रतिशत रहेको थियो। पाम तेल नेपालमा उत्पादन हँुदैन् भने सोयाबिन र सन्फ्लावर तेल उत्पादन पनि नगण्य छ। यी उत्पादनले नेपालको माग धान्न नसकेको अवस्था छ। तेस्रो देशबाट आयातीत सोयाबिन, पाम तथा सन्फ्लावर तेलको कच्चा पदार्थ आयातमा नेपालको २०७८/७९ मा मात्र १ खर्ब १५ अर्ब ५५ करोड ७९ लाख १५ हजार रुपैयाँ खर्च भएको थियो।

नेपालले २०७८/७९ मा ५६ अर्ब १८ करोड ३६ लाखको कच्चा सोयाबिन आयात गरी ४८ अर्ब १२ करोड ४ लाखको प्रशोधित तेल निकासी गरिएको छ। यस्तै ४१ अर्ब १९ करोड ३४ लाख रुपैयाँको कच्चा पाम आयात गरी ४१ अर्ब ६ करोड ४७ लाखको निकासी भएको छ। सन्फ्लावर आयात गर्न नेपालको अत्यधिक खपत हुने भएकाले आयातको तुलनामा निकासी कमजोर छ। सन्फ्लावर आयातको कच्चा पदार्थ तथा तयारी तेल आयात १८ अर्ब ६४ करोड ५३ लाख रहेको छ भने निकासी मूल्य ४ अर्ब ५२ करोड छ। पूरा निकासी मूल्य ४ अर्ब ५२ करोड ३४ लाख मात्र रहेको छ।

देशको बजेटभन्दा करिब एक खर्ब बढी व्यापार घाटामा रही नेपालले १ सय ६४ देशबाट विभिन्न मालवस्तु आयात गर्दा २०७८/७९ मा व्यापार घाटा वार्षिक बजेटभन्दा बढी रहँदै आएको छ। पुन :  स्मरण गर्न चाहन्छु कि २०७८/७९ मा सरकारले १६ खर्ब ४७ अर्बको वार्षिक बजेट ल्याएको थियो। यसलाई तत्कालीन नेतृत्वको सरकारले केही कम गरेर १६ खर्ब ३२ अर्बको प्रतिस्थापन बजेट ल्याएको थियो। तर भन्सारको आधिकारिक तथ्यांकले भन्छ, २०७८/७९ मा व्यापार घाटा १७ खर्ब २० अर्ब ४१ करोड ७३ लाख पुगेको छ। यो बजेटभन्दा करिब एक खर्ब बढी देखिन्छ।

निर्यातजन्य वस्तुको पहिचान प्रवद्र्धन र बजारीकरणको अभावले बर्सेनि र बजारीकरण्को अभावले बर्सेनि व्यापार घाटा बढेको सरोकारवालाको भनाइ छ। व्यापार घाटा टिठलाग्दो भएको र यसलाई कम गर्न रणनीतिक योजनाको आवश्यकता छ। देशको एक आर्थिक वर्षको बजेटबराबरको प्रतिवर्ष व्यापार घाटा बेहोर्नु लाजमर्नु अवस्था हो। त्यसर्थ व्यापार घाटा कम गर्न निर्यातजन्य वस्तुका उत्पादन र बजार प्रवर्द्धन गर्न सख्त आवश्यकता छ। व्यापार घाटा कम गर्न उत्पादनमूलक वस्तुका प्रोत्साहनका लागि करको दर घटाई निर्यात प्रवद्र्धनमा सघाउ गराउन काम अघि बढाउन आवश्यक देखिएको छ।

नेपालको मुख्य निकासीका वस्तुमा पेट्रोलियम पदार्थ, फलाम, स्टिल, धातुजन्य पदार्थ, सुन आदि वस्तु विदेशबाट आयात गर्ने गरेको छ। विगतमा खाद्यान्नमा आत्मनिर्भर नेपालले हालका वर्षमा वार्षिक एक खर्ब रुपैयाँको खाद्यान्न आयात गर्न परेको अवस्था छ। सन् १९८० अगाडि दाल, चामल, ऊन, जुट, अलैंची, काठ र धातुका सामान निर्यात हुन्थे भन्ने कथा बन्न गएको छ। बर्सेनि पेट्रोलमात्र २५ अर्बभन्दा बढी आयात भएकोे थियो। सुनको आयात पनि त्यत्तिकै हुने गरेको छ।

सम्भावना रहेको अस्थायी प्रकृतिमा पाम आयल, भटमासकोे तेल, सूर्यमखी तेल, पस्मिना, गलैंचाजस्ता वस्तुका उत्पादन बढाएर बजारीकरण गर्नुपर्ने हुन्छ। अन्यथा नेपालको बाह्य बजार सहभागी अंश कमजोर हुँदैछ। अलैंची, अदुवा, चिया, कफी आदिको गुणस्तरीय उत्पादन निर्यातमा योजनाबद्ध कार्यक्रमको आवश्यकता छ। नेपालको वैेदेशिक व्यापारमा निर्यात–आयात अनुपात बर्सेनि बढेर गएको छ।

विश्वबजारमा नेपालको व्यापार अधिकांश देशमा घाटामा चलेको देखिन्छ। त्यसको निराकरणका लागि सरकारको प्रभावकारी योजनातर्फ ध्यान कम गएको देखिन्छ। राजनीतिक दलहरूका ध्यान पनि व्यापार घाटातर्फ गएको देखिँदैन किनभने देशमा सधंै व्यापार घाटा भइरहेछ। तर उनीहरू प्रभावकारी योजना बनाएर व्यापार घाटा घटाउन सफल भएका देखिएका छैनन्।

नेपालमा करोडौं रुपैयामात्र होइन, अर्बाै–खर्बौं रुपैयाँमा व्यापार घाटा सदाबहार रहँदै आएको छ। प्रत्येक वर्ष नेपालले आफ्नो वार्षिक बजेटबराबरभन्दा बढीको रकमको व्यापार घाटा व्यहोर्दै आएको छ। नेपालको व्यापार घाटा वार्षिक करिब १८ देखि २० खर्ब नाघिसकेको छ तर पछिल्ला वर्ष अझ व्यापार घाटा बढेर गएको छ। भनिन्छ, मानिसहरूले उत्पादनमूलक क्षेत्रमा भन्दा पनि बढी विलासी र अनुत्पादक क्षेत्रमा बढी खर्च गर्नुले पनि व्यापार घाटा बढेर गएको छ। यदि सरकारले व्यापार घाटालाई न्यूनीकरण गर्दै लाने हो भने जुन वस्तु तथा सेवामा नेपाल निर्भर रहेको छ त्यस्तो वस्तु तथा सेवाको आन्तरिक उत्पादन बढाउनै पर्छ। यसका लागि दीर्घकालीन सोच र ठोस कार्ययोजना सहितको कार्यान्वयन चाहिन्छ। अनि मात्र देशको व्यापार घाटा घट्न सक्छ।

(रेग्मी, व्यापार तथा निकासी प्रवर्द्धन केन्द्रका पूर्वनायब कार्यकारी निर्देशक हुन्।)


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.