election background

प्रतिनिधि सभा निर्वाचन २०८२

इन्डिगो संकट : कसैको पैसा सकियो, कोही विमानस्थलमै सुत्न बाध्य

इन्डिगो संकट : कसैको पैसा सकियो, कोही विमानस्थलमै सुत्न बाध्य

काठमाडौं : भारतको सबैभन्दा ठूलो घरेलु विमान कम्पनी इन्डिगोमा चलिरहेको संकटको प्रभाव दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा स्पष्ट  देखिएको छ। केही यात्रुहरू चिन्तित छन्। कसै-कसैको उडान रद्द गरिएको छ भने कसै-कसैलाई अर्को उडान कहिले पुन: तालिकाबद्ध हुन्छ भन्ने कुराको अनिश्चितता छ।

इन्डिगोले एक विज्ञप्ति जारी गर्दै आफ्नो नेटवर्क पुनर्स्थापित भएको दाबी गरेको छ भने सोमबार १८०० भन्दा बढी उडान सञ्चालन भएको बताएको छ। यो अघिल्लो दिनको तुलनामा १५० बढी हो। तर यो संख्या इन्डिगोको सामान्य उडानभन्दा ३० प्रतिशत कम पनि छ।

इन्डिगोले ९० प्रतिशत उडान समयमै भएको र यात्रुलाई रद्द गरिएका उडानबारे पहिले नै जानकारी गराइएको दाबी पनि गरेको छ।

यसैबीच मिडिया रिपोर्टका अनुसार इन्डिगोले हालको उडान संकटलाई सानातिना प्राविधिक त्रुटि, जाडो तालिकामा परिवर्तन, प्रतिकूल मौसम, हवाई ट्राफिक र नयाँ उडान ड्युटी समय सीमा  नियमको "चक्रवृद्घि प्रभाव" को रूपमा जिम्मेवार ठहराएको छ।

डिसेम्बरको पहिलो हप्तामा दुई हजारभन्दा बढी इन्डिगो उडान रद्द गरिएका छन्। यसको प्रभाव भारतको उड्डयन उद्योगमा देखिएको छ। यस संकटका बीचमा भारत सरकारले हवाई भाडा पनि नियन्त्रण गरेको छ।

सोमबार पनि दिल्ली र बैंगलोर जस्ता प्रमुख विमानस्थलमा २५० भन्दा बढी इन्डिगो उडान प्रभावित भए। उडान रद्द भएका कारण दिल्ली विमानस्थलको टर्मिनल १ मा धेरै भीड थिएन तर टर्मिनलमा आएका मानिस निराश थिए।

बस्न ठाउँ छैन, विमानस्थलमै सुत्न बाध्य
मणिपुरका बासिन्दा खुमकाचा शोभामणि गोवाको एउटा होटलमा मासिक २,५०० रुपैयाँ तलबमा काम गर्छन्। घर जानका लागि उनी महिनौंदेखि पैसा बचत गर्दै आएका थिए।

शोभामणि डिसेम्बर ४ मा इम्फाल पुग्नु पर्ने थियो। तर उनी अझै पनि दिल्ली विमानस्थलमा अलपत्र छन्। उनले आफ्नो सबै पैसा खर्च गरिसकेका छन्।

आँसुले भरिएको स्वरमा उनी भन्छन्, "मैले साथीबाट केही पैसा सापटी लिएको थिएँ। तर अब मसँग पाँच सय रुपैयाँ मात्र बाँकी छ। म होटलमा बसिरहेको छु, तर अब सक्दिन।" निराश हुँदै उनी थप भन्छन्, “अब म केही दिन यहीँ विमानस्थलमा सुत्नुपर्नेछ।”

शोभामणिको अर्को उडान डिसेम्बर १२ को लागि उपलब्ध गराइएको छ। उनी घर पुग्ने अर्को कुनै उपाय देख्दनन्।

तर एयरलाइन्सले प्रभावित यात्रुहरूलाई होटल कोठा उपलब्ध गराइएको दाबी गरेको छ। यसबाहेक कम्पनीले हालसम्म यात्रुहरूलाई ८२७ करोड रुपैयाँ फिर्ता गरिएको जानकारी दिएको छ भने बाँकी रकम फिर्ता गर्ने प्रक्रिया भइरहेको छ।

तर टर्मिनलमा रहेका केही पीडित यात्रुले एयरलाइन्सबाट होटल वा अन्य सुविधा नपाएको दाबी गरेका छन्। -बीबीसी
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.