सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको विजयी लक्ष्य

सुदूरपश्चिमले विराटनगरलाई दियो १५६ रनको विजयी लक्ष्य

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको पहिलो क्वालिफायरमा सुदूरपश्चिम रोयल्सले विराटनगर किंग्सलाई १५६ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। 

त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्सले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको हो। 

सुदूरपश्चिम रोयल्सका लागि विनोद भण्डारीले ६३ रन प्रहार गरे। उनले ५२ रनमा ३ चौका र २ छक्का प्रहार गरे। सुदूरपश्चिमले पहिलो विकेटको रूपमा मुख्तर अहमदको विकेट गयो। मुख्तरले १० रन बनाए। दोस्रो विकेटको रूपमा सेल्डन ज्याक्सनको विकेट गयो। उनले २० रन बनाए। 

तेस्रो विकेटको रूपमा इशान पाण्डे क्याच भए। उनलाई १२.५ औँ ओभरमा नरेन भट्टले ‘लङ अन’मा उत्कृष्ट क्याच गरे। उनले बाउन्ड्री नजिकै भएको बललाई एक हातले भित्र हाल्दै बाहिरबाट आएर सोही बल क्याच गर्दै इशानलाई पेभेलियन फर्काए। इशानले १३ रन मात्रै बनाए। 

१३.३ ओभरमा दीपेन्द्र सिंह ऐरी रनआउट भए। उनी ३ रनमा मर्चेन्ट डी लाङ्गेको थ्रोमा विकेट किपर लोकेश बमले रनआउट गराए। उनले ओपनर विनोद भण्डारीसँग २ रन लिने दाउमा रनआउट भएका हुन्। 

हर्मित सिंह १४ रनमा क्याच भए। आरिफ शेख २० रनमा बाउन्ड्रीमा क्याच भए। स्टक केगुइलिन १ र मिलन बोहोरा ४ रनमा अविजित रहे। 

विराटनगर किंग्सका लागि बलिङ तर्फ मार्चेन्ट डे लाङ्गे  र प्रतिश जिशीले २–२ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले १–१ विकेट लिए।
 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.