सिद्धार्थ बैंकका ग्राहकहरुलाई चम्पादेबी हिलसाईड रिसोर्टमा २०% सम्मको छुट
काठमाडौं : सिद्धार्थ बैंक र चम्पादेबी हिलसाईड रिसोर्ट बीच बैंकका ग्राहकहरुलाई विभिन्न सेवामा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।
सम्झौता अनुसार दक्षिणकाली, काठमाडौंस्थित चम्पादेबी हिलसाईड रिसोर्टमा बैंकका ग्राहकहरूले बैंकको कार्ड वा मोबाइल बैंकिङ प्रयोग गरी भुक्तानी गर्दा १०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यसका साथै एसबिएलएनपिएल टिकट होल्डर्सहरूका लागि चम्पादेवी हिलसाईड रिसोर्टसँगको सहकार्यअन्तर्गत एसबिएलएनपिएल सिजन–२ सम्म लागू हुने विशेष छुट अफर उपलब्ध गराइएको छ जसअन्तर्गत टिकट होल्डर्सहरूले आफ्नो टिकट देखाई भुक्तानी गर्दा २०% सम्मको छुट प्राप्त गर्न सक्नेछन्।
यस सम्झौताले ग्राहकहरुलाई छुटको सुविधा उपलब्ध गराउनुका साथै नगद कारोबारबाट डिजिटल कारोबारमा जान पनि उत्प्रेरित गर्ने विश्वास बैंकले लिएको छ।
प्रतिक्रिया दिनुहोस !