प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घट्यो
काठमाडौं : साताको चौथो सेयर कारोबार दिन बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। यो समयमा नेप्से परिसूचक ०.२३ अंकले घटेर २६१३.८४ विन्दुमा झरेको छ।
यो समयमा ५७ वटा स्टक्सको ६ हजार ७०७ कित्ता सेयर ३४ हजार ९२ हजार ९८४ रुपैयाँमा खरिदबिक्री भए। कारोबारमा आएकामध्ये २० वटा स्टक्सको मूल्य बढ्दा ३२ वटाको घट्यो। बाँकी ५ स्टक्सको मूल्य भने यो समयमा स्थिर रह्यो।
प्रतिक्रिया दिनुहोस !