चाँदीको भाउ हालसम्मकै उच्च, सुनको मूल्य पनि बढ्यो
काठमाडौं : नेपाली बजारमा सुनको भाउ आज सामान्य बढेको छ। आज सुनको भाउ मंगलबारको तुलनामा २०० रुपैयाँले बढेको हो। नेपाल सुन-चाँदी व्यवसायी संघका अनुसार बुधबार २०० रुपैयाँले बढेर एक तोला सुनको भाउ २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको छ। मंगलबार १ हजार रुपैयाँले घटेर सुन प्रतितोला २ लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।
सुनको मूल्य घटेसँगै चाँदीको भाउ भने महंगिएको छ। महासंघका अनुसार आज एक तोला चाँदीको मूल्य ३ हजार ७५० रुपैयाँ कायम भएको छ। चाँदीको यो मूल्य हालसम्मकै उच्च हो। मंगलबार प्रतितोला चाँदी ३ हजार ६०० रुपैयाँमा कारोबार भएको थियो।
प्रतिक्रिया दिनुहोस !