सिन्धुपाल्चोकका युवक ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ

सिन्धुपाल्चोकका युवक ब्राउन सुगरसहित विराटनगरबाट पक्राउ

विराटनगर : भारतको जोगवनीबाट लागुऔषध खैरो हेरोइन (ब्राउन सुगर) खरिद गरी फर्कदै गर्दा सिन्धुपाल्चोकका एक युवकलाई प्रहरीले विराटनगरबाट पक्राउ गरेको छ । प्रहरीका अनुसार सिन्धुपाल्चोकको हेरम्बु गाउँपालिका-६ घर भएका ३४ वर्षीय दावा लामा होल्मो मंगलबार दिउँसो ३ बजेतिर पक्राउ परेका हुन् ।

भारतको जोगवनीबाट पैदल नै नेपाल आउँदै गर्दा शंका लागेपछि लागुऔषध नियन्त्रण ब्युरो विराटनगरको टोलीले दावालाई नियन्त्रणमा लिएर चेकजाँच गरेको थियो । नियन्त्रणमा लिएर शरीर खानतलासी गर्दा साथमा खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ ।

विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट पक्राउ परेका दावाको साथबाट ५८.१४ ग्राम खैरो हेरोइन बरामद भएको प्रहरीले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानबाट उनी लागुऔषध खरिद गर्नकै लागि विराटनगर आएर भारतको जोगवनी पुगेको पत्ता लागेको छ ।

जोगवनीबाट लागुऔषध खैरो हेरोइन खरिद गरेर फर्कदै गर्दा उनी नेपाल–भारत सीमा क्षेत्रनजिकबाट पक्राउ परेका हुन् ।लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने तयारी गरिएका दावालाई आवश्यक अनुसन्धान एवं कानुनी कारबाही अघि बढाउन इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ । रानीका इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले उनीमाथि थप अनुसन्धान अघि बढाएको छ ।

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.