election background

प्रतिनिधि सभा निर्वाचन २०८२

युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देश विकास गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री कार्की

युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देश विकास गर्न धेरै समय लाग्दैन : प्रधानमन्त्री कार्की

काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देशको विकास हुन धेरै समय नलाग्ने बताएकी छन्।

बुधबार काभ्रेपलाञ्चोकको धुलिखेलस्थित काठमाडौं विश्वविद्यालयको ३१औँ दीक्षान्त समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले राष्ट्रले युवाहरूमाथि ठूलो आशा गरेको भन्दै युवाहरू नेतृत्व सम्हाल्ने ठाउँमा पुगे देशको विकास हुन धेरै समय नलाग्ने बताइन्।

विश्वविद्यालयका कुलपतिसमेत रहेकी प्रधानमन्त्री कार्कीले गुणस्तरीय उच्च शिक्षा, सीप, रोजगारी र समृद्धिको सपना मुलुकभित्रै सम्बोधन हुनेपर्ने राष्ट्रिय आकांक्षालाई पूरा गर्नुपर्नेमा जोड दिइन्। उच्च शिक्षामा नेपालको लगानी न्यून रहँदै आएको बताउँदै उनले लगानी नबढाई ती आकांक्षा पूरा गर्न सम्भव नभएको उल्लेख गरिन्।

प्रधानमन्त्री कार्कीले पछिल्लो समय प्रधानमन्त्री विश्वविद्यालयको कुलपति हुने व्यवस्थालाई परिमार्जन गर्नुपर्ने आवश्यकता देखिएकाले सरोकारवाला निकायसँग आवश्यक छलफल, परामर्श र गृहकार्य भइरहेको जानकारी दिइन्। रोहमा विभिन्न विधाका दुई हजार २०९ विद्यार्थी दीक्षित भएका छन् । 
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.