एलिमिनेटर जित्न लुम्बिनीलाई काठमान्डुले दियो ११२ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग(एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सलाई ११२ रनको लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ मा १११ रन बनाउँदै अलआउट भयो।
काठमान्डु गोर्खाजका लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए। उनले १७ बलमा १ छक्का प्रहार गरे।
शीर्षक्रमका ४ ब्याटर दोहोरो अंक नबनाइ पावरप्ले भित्र नै पेभेलियन फर्किदा काठमान्डुको ब्याटिङ धरासायी बनेको थियो। पावरप्ले सकिँदा ४ विकेट गुमाउँदै २९ रन बनाएको थियो।
पाँचौँ क्रममा आएका भीम सार्कीले १६ बलमा १ छक्कासहित १४ रन बनाए। जोन सिम्पसन १८ रनमा रोहित पौडेलको बलमा एलबीडब्ल्यू भए। आदिल आलम १८ रनमा शेर मल्लको बलमा बोल्ड भयो। करण केसी ९ रनमा क्याच भए।
साहब आलम ४ रनमा अविजित रहे।
काठमान्डु गोर्खाजलाई सस्तैमा समेट्न लुम्बिनी लायन्सका स्पिनरको जादु चल्यो। लुम्बिनीको लागि कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए। रोहित पनि पार्टटाइम राम्रो स्पिन फाल्छन्। तीव्र रुवेन ट्रम्पलमेनले २, अभिषेश गौतमले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !