कर्णालीले बजेट खर्च गर्ने क्षमता बढाउनुपर्छ : मुख्यमन्त्री कँडेल

कर्णालीले बजेट खर्च गर्ने क्षमता बढाउनुपर्छ : मुख्यमन्त्री कँडेल

वीरेन्द्रनगर : कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेश सरकारले नागरिकको अपेक्षा र आवश्यकता अनुसार बजेट खर्च गर्ने क्षमता बढाउनै पर्ने बताएका छन्। 

मंगलबार प्रदेश योजना आयोगले वीरेन्द्रनगरमा आयोजना गरेको ‘कर्णालीको विकासमा सरोकारवालाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले कर्णालीले पाउने बजेट समयमै र प्रभावकारी ढङ्गले खर्च गर्न नसक्नु प्रदेश विकासको मुख्य अवरोध बनेको बताएका हुन्। 

मुख्यमन्त्री कँडेलले व्यक्तिगत इच्छाशक्ति मात्र भएर विकास सम्भव नहुने स्पष्ट पारे। ʻयहाँ सहयात्रा गर्ने सबैको इच्छा, सहयोग र सामूहिक प्रयास आवश्यक छʼ, उनले भने,ʻतर कानुनी अड्चन, कर्मचारीको असहयोग र सरोकारवालाहरूको समन्वय अभावमा हामीले पुँजीगत खर्चमा वृद्धि गर्न नसकिरहेको अवस्था हो।ʼ 

मुख्यमन्त्री कँडेलले अन्य प्रदेशको तुलनामा कर्णालीको अवस्था कमजोर हुनुमा पुरानै मानसिकता र ढिलासुस्तीपूर्ण कार्यशैली प्रमुख कारण भएको दाबी गरे। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.