पावरप्लेमा लुम्बिनीले १ विकेट गुमाएर बनायो २९ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको एलिमिनेटरमा लुम्बिनी लायन्सले सुस्त सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गरेको काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै २९ रन बनाएको छ।
लुम्बिनीको लागि पहिलो विकेटको रूपमा दिनेश अधिकारीको विकेट गयो। उनी ४ रनमा क्याच भए।
डार्सी सर्ट १६ र रोहित पौडेल ८ रनमा अविजित खेलिरहेका छन्।
काठमान्डु गोर्खाजका लागि सन्नी पटेलले १ विकेट लिए।
प्रतिक्रिया दिनुहोस !