election background

प्रतिनिधि सभा निर्वाचन २०८२

काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमान्डु गोर्खाजलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा

काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को एलिमिनेटरमा काठमान्डु गोर्खाजलाई ४ विकेटले पराजित गर्दै लुम्बिनी लायन्सले दोस्रो क्वालिफायर खेल्ने भएको छ। लुम्बिनी लायन्सले दोस्रो क्वालिफायरमा विराटनगर किंग्ससँग खेल्नेछ। 

त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङ गरेको काठमान्डु गोर्खाज १९.१ ओभरमा १११ रनमा अलआउट भएको थियो। काठमान्डु गोर्खाजले दिएको ११२ रनको विजयी लक्ष्य पछ्याएको लुम्बिनी लायन्सले १७.४ ओभरमा ६ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। 

लुम्बिनी लायन्सका लागि डार्सी सर्टले सर्वाधिक ३३ रन बनाए। उनले ३४ बलमा २ छक्का प्रहार गरे। रोहित पौडेल १८ रन बनाए। सन्दीप जोरा २३ रन बनाएर बोल्ड भए। दिलिप नाथ ७ रनमा एलबीडब्ल्यू भए। निरोशन डिकवेला १४ रनमा बोल्ड भए। जे जे स्मिथ शुन्य र रुबिन ट्रम्पलमेन ५ रनमा अविजित रहे। 

काठमान्डु गोर्खाजका लागि बलिङ तर्फ सन्तोष यादवले २ , करण केसी, सन्नी पटेल, साहब आलम र रासिद खान १–१ विकेट लिए।

त्यसअघि ब्याटिङ गरेको काठमान्डु गोर्खाजको लागि सन्तोष यादवले सर्वाधिक २३ रन बनाए । उनले १७ बलमा १ छक्का प्रहार गरे। 

शीर्षक्रमका ४ ब्याटर दोहोरो अंक नबनाइ पावरप्ले भित्र नै पेभेलियन फर्किदा काठमान्डुको ब्याटिङ धरासायी बनेको थियो। पावरप्ले सकिँदा ४ विकेट गुमाउँदै २९ रन बनाएको थियो। 
पाँचौं क्रममा आएका भीम सार्कीले १६ बलमा १ छक्कासहित १४ रन बनाए। जोन सिम्पसन १८ रनमा रोहित पौडेलको बलमा एलबीडब्ल्यू भए। आदिल आलम १८ रनमा शेर मल्लको बलमा बोल्ड भयो। करण केसी ९ रनमा क्याच भए। साहब आलम ४ रनमा अविजित रहे। 

काठमान्डु गोर्खाजलाई सस्तैमा समेट्न लुम्बिनी लायन्सका स्पिनरको जादु चल्यो। लुम्बिनीका लागि कप्तान रोहित पौडेल र शेर मल्लले ३–३ विकेट लिए। रोहित पनि पार्टटाइम राम्रो स्पिन फाल्छन्। तीव्र  रुवेन ट्रम्पलमेनले २, अभिषेश गौतमले १ विकेट लिए।
 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.