दशगजाका सीमास्तम्भको पुनर्निर्माण थालियो

दशगजाका सीमास्तम्भको पुनर्निर्माण थालियो

सुनसरी : नेपाल–भारत सीमा क्षेत्रमा जीर्ण र  क्षतिग्रस्त भएका सीमास्तम्भको पुनर्निर्माण, मर्मत तथा पुनःस्थापनाको काम थालिएको छ। 

दशगजा क्षेत्रमा रहेका सीमास्तम्भ व्यवस्थित बनाउन वर्षातका कारण रोकिएको कामलाई  बुधबारदेखि पुनः सक्रिय बनाइएको सशस्त्र प्रहरी बल ४ नम्बर गण सुनसरीका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक निर्मलकुमार थापाले बताए। उनले सुनसरीको कोशी गाउँपालिका–८ स्थित भन्टावारीको २०५ नम्बर सहायक सीमा स्तम्भबाट निर्माण र मर्मत कार्य औपचारिक रूपमा सुरु गरिएको जानकारी दिए। 

सीमास्तम्भको निर्माण तथा मर्मत कार्यको सुरुवात दुवै देशका अधिकारीहरूको उपस्थितिमा गरिएको छ। सीमास्तम्भको मर्मतमा सुनसरीका प्रमुख जिल्ला अधिकारी वासुदेव घिमिरे, जिल्ला प्रहरी प्रमुख एसपी केशवकुमार थेबे, भारतको सुपौलका एसडीएम निरज कुमार, भारतीय सुरक्षा बल एसएसबीको ४५ बटालियनका कमाण्डेन्ट जेके शर्मा लगायत सुरक्षा अधिकारीको सहभागिता थियो।  

सुनसरीको सीमा क्षेत्रमा ६१.९ किलोमिटर लामो नेपाल–भारत सीमा क्षेत्र रहेको छ। यसअन्तर्गत २९० वटा सीमास्तम्भ रहेका छन्। तीमध्ये १३३ वटा  बिजोडी नम्बरका सीमास्तम्भ नेपालले र १३१ वटा जोडी नम्बरका सीमास्तम्भ भारतले मर्मत गर्नुपर्ने व्यवस्था गरिएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए। तर २३ वटा सीमास्तम्भ भने वर्षौंदेखि हराइरहेका छन्।    

यस्तै भारततर्फका ८१ वटा सीमास्तम्भको मर्मत भारतीय सुरक्षा बल एसएसबीले पूरा गरिसकेको सशस्त्र प्रहरी बलको श्रीपुर बोडर आउटपोस्टका प्रहरी निरीक्षक सूर्य धमलाले जानकारी दिए। उनका अनुसार बाँकी स्तम्भहरूको मर्मत र पुनर्निर्माण दुवै देशका सुरक्षा निकायहरूको समन्वयमा अघि बढ्नेछ। अब नेपाली पक्षबाट पनि काम तीव्रताका साथ अघि बढाइएको सशस्त्र प्रहरीले जनाएको छ। 


 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.