election background

प्रतिनिधि सभा निर्वाचन २०८२

खेतमा लुकाएर राखेको ९ सय किलो गाजा बरामद

खेतमा लुकाएर राखेको ९ सय किलो गाजा बरामद
सांकेतिक तस्बिर

विराटनगर : मोरङमा खेतको बीचमा लुकाएर राखिएको ९ क्वीन्टल (९ सय किलो)भन्दा बढी गाँजा बुधबार राति बरामद भएको छ । खेतको बीचमा डुम्रीको रुखमुनि परालले छोपेर लुकाइछिपाइ राखिएको ठूलो परिमाणको गाजा इलाका प्रहरी कार्यालय रंगेलीका इन्स्पेक्टर नरेन्द्रकुमार बोगटी नेतृत्वको टोलीले राति ९ बजेतिर बरामद गरेको हो ।

मोरङ प्रहरीका प्रवक्ता डीएसपी हरिनन्दन चौधरीका अनुसार रंगेली नगरपालिका–८ स्थित विद्युत कार्यालयबाट करिब २ सय मिटर पश्चिममा रहेको सुरेशमान श्रेष्ठको खेतबाट गाजा बरामद भएको हो ।

खेतको बीचमा गाजा लुकाइछिपाइ राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरीले ‘सर्च अपरेशन’ चलाएको थियो । त्यस क्रममा क्रममा २९ वटा बोराभित्र ‘प्याक’ गरी परालले छोपेर राखेको अवस्थामा गाँजा भेटिएको जानकारी डीएसपी चौधरीले दिए । उनका अनुसार डिजिटल तराजुमा तौल गर्दा गाँजा ९ सय २१ किलो ६६ ग्राम भएको छ ।

बरामद भएको गाजा इलाका प्रहरी कार्यालय रंगेलीमा राखेर प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । उक्त गाजा कसले ल्याएर राखेको हो भन्ने यकिन भइसकेको छैन । गाजाको कारोबार र ओसारपसारमा संलग्नको पहिचान एवं खोजी तीव्र पारिएको चौधरीले बताए ।

धनकुटालगायत पूर्वी पहाडी जिल्लामा उत्पादन हुने गाजा सुरक्षाकर्मीको आँखा छलेर भारततिर लैजानलाई खेतमा भण्डारण गरिएको हुनसक्ने प्रहरीको आशंका छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.