धनी विदेशीहरूलाई अमेरिकाले भिसा दिने, कति तिर्नुपर्छ शुल्क ?

धनी विदेशीहरूलाई अमेरिकाले भिसा दिने, कति तिर्नुपर्छ शुल्क ?

काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले एक नयाँ योजना सुरू गरेका छन् । ट्रम्पले ट्रुथ सोसलमा लेखेका छन्,' यो कार्ड खरिदकर्ताहरूलाईज्ञ सबै योग्य र प्रमाणित व्यक्तिहरूकोलागि नागरिकताका लागि बाटो खुलेको छ। हाम्रा महान् अमेरिकी कम्पनीहरूले अब आफ्नो अमूल्य प्रतिभालाई कायम राख्न सक्नेछन्।'  ट्रम्पले 'गोल्ड कार्ड' नामक यो योजना यसवर्षको सुरूमा घोषणा गरेका थिए।

जसअन्तर्गत कम्तीमा १० लाख डलर तिर्ने धनी विदेशीहरूलाई अमेरिकी भिसा दिइनेछ। आधिकारिक वेबसाइटका अनुसार यो भिसा ती अमेरिकी भिसा ती व्यक्तिहरूलाई दिइनेछ जसले देशलाई महत्वपूर्ण लाभ दिने कुरा प्रमाणित गर्न सक्छन्।

वासिङटनले आफ्नो अध्यागमनमा कडाइ बढाइरहेको र जसमा कामदार भिसा शुल्क बढाउने र कागजातविहीन आप्रवासीहरूलाई निष्कासन गर्ने निर्णय लिएपछि ट्रम्पले यो भिसा योजना ल्याएको बताइएको छ।

कर्मचारीहरूलाई प्रायोजन गर्ने व्यवसायहरूले भने २० लाख डलरसँगै अतिरिक्त शुल्क तिर्नुपर्नेछ। वेबसाइटले कार्डको 'प्लेटिनम' संस्करण पनि रहेको बताइएको छ, जसले विशेष कर छुट प्रदान गर्दछ र चाँडै नै ५० लाख डलरमा उपलब्ध हुनेछ।

फेब्रुअरीमा पहिलो पटक घोषणा भएदेखि नै गोल्ड कार्ड योजनाको आलोचना हुँदै आएको छ। केही डेमोक्रयाटहरूले यसले धनीहरूलाई अनुचित रुपमा फाइदा पुर्‍याउने बताएका छन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.