सुनको मूल्य बढ्यो, चाँदीको भाउले बनायो नयाँ रेकर्ड
काठमाडौं : नेपाली बजारमा बिहीबार सुनको भाउ १ हजार रुपैयाँले बढेको छ। अघिल्लो दिन बुधबार २०० रुपैयाँले बढेको सुनको भाउ आज १ हजारले बढेको हो।
नेपाल सुन-चाँदी व्यवसायी महासंघका अनुसार १ हजार रुपैयाँले बढेर तोलाको २ लाख ५३ हजार १०० कायम भएको छ। बुधबार एक तोला सुनको मूल्य २ लाख ५२ हजार १०० रुपैयाँ पुगेको थियो।
यस्तै चाँदीको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ। ५५ रुपैयाँले बढेर एक तोला चाँदीको भाउ ३ हजार ८०५ पुगेको छ । यो मूल्य हालसम्मकै उच्च हो।
प्रतिक्रिया दिनुहोस !