election background

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिनिधिसभा निर्वाचन

स्याङ्जाबाट कांग्रेसका ३३ उम्मेदवारको नाम सिफारिस

स्याङ्जाबाट कांग्रेसका ३३ उम्मेदवारको नाम सिफारिस
तस्बिर : अन्नपूर्ण

स्याङ्जा : आसन्न प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ गरी नेपाली कांग्रेस स्याङ्जाले यहाँका दुई निर्वाचन क्षेत्रका लागि ३३ जनाको नाम सिफारिससहित केन्द्रमा पठाएको छ।

निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधिसभाका लागि राजु थापा, धनराज गुरुङ, अजित अधिकारी क्षेत्री, मेखलाल श्रेष्ठ, गोबिन्दबहादुर रानाभाट, प्रेमराज पौडेल, बुद्धिबहादुर राना (कुमार) , खुमाप्रसाद अर्याल, इन्दबहादुर रिजाल, बन्दना लम्साल, भरतराज ढकालगरी ११ जनाको नाम सिफारिस गरिएको हो।

यसैगरी, समानुपातिकतर्फ तुलसी गिरी, धनकुमारी थापा, नारायण ढकाल र दिलीपाश्री अधिकारी रहेका छन्। क्षेत्र नं. २ बाट भागवत प्रकाश मल्ल, धनराज गुरुङ, गोपालमान श्रेष्ठ, शेषकान्त पुरी, केदार काफले, खुमाप्रसाद अर्याल, बिष्णु पौडेल, युवराज पाण्डेय, मोहनप्रसाद पाण्डेय, धु्रव शर्मा पंगेनी, माया राना र श्याम बश्यालको नाम सिफारिसमा परेका छन्।

समानुपातिकतर्फ भूमा शर्मा पाण्डेय, तुलसी नेपाली, देवका राना, बिमला श्रेष्ठ, लीलबहादुर रनपाल र सूर्य माझी रहेका नेपाली कांग्रेस स्याङ्जाका सभापति राजु थापाले जानकारी दिए।

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.