सेयर बजारमा छैन उत्साह : नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

सेयर बजारमा छैन उत्साह : नेप्से परिसूचक र कारोबार रकम दुवै घट्यो

काठमाडौं : साताको अन्तिम सेयर कारोबार दिन बिहीबार नेप्से परिसूचक सामान्य अंकले घटेर बन्द भएको छ। नेप्से परिसूचक १.६६ अंकले घटेर २६०७.३७ विन्दुमा अडिएको छ। अघिल्लो दिन बुधबार रिसूचक ७.८६ अंकले घटेको थियो।

मंगलबार भने नेप्से परिसूचक ७.३९ अंकले बढ‍ेर २६१४.०७ विन्दुमा पुगेको थियो। त्यसअघि दुई कारोबार दिन आइतबार र सोमबार नेप्से परिसूचक घटेको थियो।

नेप्से घटेसँगै कारोबार रकम पनि बुधबारको तुलनामा घटेको छ। यसदिन ३२६ स्क्रिप्सको ७७ लाख ६८ हजार ६०१ कित्ता सेयर ३ अर्ब ४९ करोड ७९ लाख ७५६ रुपैयाँमा खरिदबिक्री भए। बुधबार ३ अर्ब ७३ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन स्वस्तिक लघुवित्त वित्तीय संस्थाको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार हुँदा एसवाइ प्यानेल नेपालको ९.९८ प्रतिशतले बढ्यो।मुक्तिनाथ कृषि कम्पनीका लगानीकर्ताले भने यसदिन सर्वाधिक गुमाए। सो कम्पनीको सेयर ८.४२ प्रतिशतले घट्यो।

कारोबार रकमका आधारमा नगदी ग्रुप शीर्षस्थानमा रह्यो। सो कम्पनील १८ करोड बराबरको सेयर कारोबार गर्यो। श्रीनगर एग्रिटेक इन्डस्ट्रिजले १२ करोड मूल्य बराबरको कारोबार गर्दा सागर डिस्टिलरीले ९ करोड,नेपाल लाइफ इन्स्योरेन्सले ८ करोड र शिवम् सिमेन्टको ७ करोड मूल्य बराबरको सेयर कारोबार गर्यो।

कारोबारमा आएकामध्ये ९८ वटा स्टक्सको मूल्य बढ्दा १४९ वटाको घट्यो। ११ वटा स्टक्सको मूल्य भने स्थिर रह्यो। ५ समूहको उपसूचक बढ्दा ८ समूहको उपसूचक नकारात्मक देखिएका छन्। बैंकिङ,लाइफ इन्स्योरेन्स,मनु एण्ड प्रो, माइक्रो फाइनान्स र ट्रेडिङ समूहको उपसूचक बढ्दा अन्य समूहहरूको उपसूचक घटेका हुन्।

 

 

 

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.