लुम्बिनी लायन्सविरुद्ध विराटनगरले जित्यो टस, पहिला फिल्डिङ गर्ने
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सविरुद्ध टस जितेर फिल्डिङ गर्ने निर्णय लिएको छ ।
त्रिवि क्रिकेट मैदानमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले लुम्बिनीलाई ब्याटिङको निम्तो दिएका हुन्।।
पहिलो क्वालिफायर खेलमा सुदूरपश्चिम रोयल्ससँग पराजित हुँदै विराटनगरले दोस्रो क्वालिफायर खेल्ने भएको हो।
एलिमिनेटरमा काठमाडौँ गोर्खाजलाई पराजित गर्दै लुम्बिनीले दोस्रो क्वालिफायरमा स्थान बनाएको हो।
प्रतिक्रिया दिनुहोस !