election background

प्रतिनिधि सभा निर्वाचन २०८२

भिजिट भिसा प्रकरण

सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौं : अख्तियार दुरूपयोग अनुसन्धान आयोगले भिजिट भिसा तस्करी प्रकरणमा सहसचिव तीर्थराज भट्टराईसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। आयोगले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयमा भएको भिजिट भिसा प्रकरणमा सहसचिव भट्टराईसहित ७ जना व्यक्ति र दुई कम्पनीविरुद्ध बिहीबार विशेष अदालत काठमाडौंमा आरोप-पत्र दायर भएको हो। 

आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराई,अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालि र उक्त कम्पनीका अध्यक्ष बाल कृष्ण खड्का,फेमली होलिडेज ट्राभल्स एण्ड टर्स प्रालि र उक्त कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेज प्रालिका तत्कालीन संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्का, कविता पौडेल,खेमप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर भएको हो।

भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि भट्टराई अनुसन्धानमा तानिएका थिए। अख्तियारले अनुसन्धानका लागि गत जेठ ७ गते विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। पछि जेठ १८ गते उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरिएको थियो।

सहसचिव भट्टराईविरुद्ध ७९ लाख ८० हजार र अध्यागमन अधिकृत अर्यालविरुद्ध ८ लाख विगो माग गरिएको छ। अन्य व्यक्ति र कम्पनीविरुद्ध फरक फरक विगो माग गरिएको छ।

प्रतिवादी सहसचिव भट्टराई,पौडेल,सुवेदीविरुद्ध सम्पत्ति शुद्धिकरण कसूरमा पनि आरोप पत्र दायर भएको अख्तियारले जनाएको छ। उक्त मुद्दामा भट्टराई,पौडेल र सुवेदीलाई जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरिएको छ।

 

 

 

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.