पावरप्लेमा विराटनगरविरुद्ध लुम्बिनीले १ विकेट गुमाएर बनायो ४४ रन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायर खेलमा लुम्बिनी लायन्सले विराटनगर किंग्सविरुद्ध मध्यम सुरुवात गरेको छ।
त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको लुम्बिनीले पावरप्लेमा १ विकेट गुमाउँदै ४४ रन बनायो।
लुम्बिनीले पहिलो विकेटको रूपमा ओपनर दिनेश अधिकारीको विकेट गुमायो।
६ ओभरको खेल सकिँदा ओपनर डार्सी सर्ट २३ र कप्तान रोहित पौडेल २० रनमा खेलिरहेका छन्।
विराटनगर किङ्सका लागि पहिलो विकेट सुवास भण्डारीले लिए।
प्रतिक्रिया दिनुहोस !