election background

प्रतिनिधि सभा निर्वाचन २०८२

प्रतिनिधिसभा निर्वाचन

डडेल्धुराबाट आठौं पटक चुनाव लड्दै देउवा

डडेल्धुराबाट आठौं पटक चुनाव लड्दै देउवा
तस्बिर : अन्नपूर्ण

डडेल्धुरा : नेपाली कांग्रेस सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनका लागि डडेल्धुराबाट एकल सिफारिस भएका छन् । सभापति देउवा नेपाली कांग्रेस जिल्ला कार्यसमिति डडेल्धुराको बिहीबार बसेको बैठकबाट सर्वसम्मत सिफारिस भएका हुन् ।

नेपाली कांग्रेस डडेल्धुराको जिल्ला कार्यसमिति बैठकले पूर्वप्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति देउवाको नाम एकलरुपमा सिफारिस गर्ने निर्णय गरेको जिल्ला सभापति भीमबहादुर साउँदले जानकारी दिए ।

जिल्लाका कांग्रेस नेताहरूसँग यसअघि नै देउवाले आसन्न निर्वाचनमा अन्तिमपटक निर्वाचन लड्ने बताएका थिए । यसअघि देउवा २०४८, ०५१, ०५६, ०६४, ०७०, ०७४ र ०७९ सालमा भएको निर्वाचनमा डडेल्धुराबाट विजयी भइसकेका छन् ।

देउवा कांग्रेसको उमेदवार मात्रै नभइ सुदुरपश्चिमकै अभिभावक भएका कारण पनि प्रतिनिधि सभा निर्वाचनका लागि निर्विकल्प उम्मेदवारको रुपमा सिफारिस गर्न सर्वसम्मत निर्णय भएको उनले जानकारी दिए।

जिल्ला सभापति साउदका अनुसार राष्ट्रिय सभा निर्वाचनका लागि जिल्लाबाट दुईजनाको नाम सिफारिस भएको छ।यस्तै समानुपातिकमा नरभान कामी र मानकुमारी थापा तथा राष्ट्रियसभाका लागि भीमबहादुर साउद र रघुवर भट्टको नाम सिफारिस भएको जिल्ला कार्यसमितिले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.