लुम्बिनीविरुद्ध ब्याटिङमा विराटनगरको खराब सुरुवात, शीर्षक्रमका तीन ब्याटर पभेलियन
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो क्वालिफायरमा लुम्बिनी लायन्सविरुद्ध विराटनगर किंग्सले ब्याटिङमा खराब सुरुआत गरेको थियो।
बिहीबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा लुम्बिनीले दिएको १३५ रनको लक्ष्य पछ्याइरहेको विराटनगरले ६ ओभरमा २८ रन बनाउँदा ओपनरद्वय मार्टिन गप्टिल र फाफ डू प्लेसिससँगै लोकेश बमलाई गुमाएको हो।
विराटनगरका गप्टिल दुई र फाफ तीन रनमा पभेलियन फर्किए। लोकेश बम गोल्डेन डक भए।
दुई ओभरको खेल सकिँदा विराटनगरले तीन विकेट गुमाएर सात रनमात्र बनाएको छ।
लुम्बिनीका रुबेन ट्रम्पेलमनले दुई र शेर मल्लले एक विकेट लिए।
त्यसअघि टस हारेर ब्याटिङमा आएको लुम्बिनीले निर्धारित २० ओभरमा आठ विकेट गुमाएर १३४ रनको योगफल खडा गरेको थियो।
प्रतिक्रिया दिनुहोस !