election background

प्रतिनिधि सभा निर्वाचन २०८२

चुनाबी माहोल बनाउँदै कर्णालीका राजनीतिक दलहरू

चुनाबी माहोल बनाउँदै कर्णालीका राजनीतिक दलहरू

वीरेन्द्रनगर : कर्णाली प्रदेशमा राजनीतिक तापक्रम बढ्न थालेको छ। विभिन्न दलहरूले आगामी फागुन २१ गते घोषित निर्वाचन, पार्टीका अधिवेशनका र आफ्ना सांगठनिक गतिविधिहरूमा सक्रियता बढाएसँगै समग्र राजनीतिक तापक्रम नै बढ्न थालेको हो। 

जेनजी आन्दोलनका कारण राष्ट्रिय राजनीतिमा आएको फेरबदलसँगै कर्णालीको राजनीतिक मौसममा अदलीबदलीको प्रभाव परेको छ। कर्णालीमा नेपाली कांग्रेसले फागुन २१ गतेको आम निर्वाचन केन्द्रित अभियान थालेको छ। नेपाली कांग्रेसका कार्यबाहक सभापति पूर्णबहादुर खड्काको गृहप्रदेश कर्णालीमा आम निर्वाचनमा पार्टीको तर्फबाट उम्मेदवार बन्न जिल्ला जिल्लाबाट नाम सिफारिस धमाधम भइरहेका छन्। 

नेपाली कांग्रेस सुर्खेतका अनुसार सुर्खेतको क्षेत्र नं. १ बाट पार्टीका कार्यबाहक सभापति खड्काको एकल नाम सिफारिस भएको छ। क्षेत्र नं. २ बाट पार्टीका प्रभावशाली नेता एवं पूर्वमन्त्री हृदयराम थानीसहित ६ जना नेताको नाम सिफारिस भएको छ। दैलेखको क्षेत्र नं. १ बाट पार्टी सभापति मणिराम रेग्मी, युवा नेता भुपेन्द्र शाहीसहितका १३ जना र क्षेत्र नं. २ बाट पूर्वमन्त्री दिकपाल शाहीसहितका ९ जना नेताहरूको नाम सिफारिस भएको छ। 

त्यस्तै अन्य जिल्लाबाट पनि नाम सिफारिस भइरहेका छन्। नेपाली कांग्रेस सुर्खेतका पूर्वसभापति कमलराज रेग्मीले कर्णालीमा कांग्रेस पार्टी अधिवेशनका साथै निर्वाचनमा होमिएको बताए। 

त्यस्तै कर्णालीमा नेकपा एमाले पनि निर्वाचनसँगै पार्टीको महाधिवेशनमा केन्द्रित छ। आगामी फागुनमा हुने आम निर्वाचनमा आफ्नो पक्षमा माहोल सिर्जना गर्न पार्टीको महाधिवेशन गर्ने र नयाँ मेन्डेटसहित निर्वाचनको तयारीमा जुट्ने नेकपा एमाले प्रदेश कमिटी सदस्य मानव बमले बताए। 

उनका अनुसार पार्टीको ११औं महाधिवेशनका लागि नेताहरू राजधानी केन्द्रित बनेका छन्। महाधिवेशन सम्पन्न भएसँगै पार्टीको सबै तहका नेताहरू निर्वाचनका लागि गाउँ केन्द्रित हुनेछन्। नेकपा एमालेले पार्टीको महाधिवेशनपछि मात्र जिल्ला जिल्लाबाट आम निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने तयारी गरेको छ। 

युवा नेता बमले जेनजी आन्दोलन र जेनजीहरूको भावनाअनुसार पार्टीलाई आम निर्वाचनमा उभ्याउन ताजा जनादेशसहित निर्वाचनमा पार्टी जाने बताए। त्यसबाट कर्णालीमा एमालेले राम्रै परिणाम ल्याउने उनको दाबी छ। 

त्यस्तै नेकपा माओवादी केन्द्रसहितका दलहरू मिलेर बनेको नेपाली कम्युनिष्ट पार्टीले भने निर्वाचन केन्द्रित पार्टी एकताको अभियान चलाइरहेको छ। मंसिर २७ गते कर्णालीमा पार्टी एकताका लागि सन्देश सभा आयोजना गरेको छ। नेपाली कम्युनिष्ट पार्टीका नेता जीवन बुढाका अनुसार मंसिर २७ गते प्रदेश स्तरमा सभा सम्पन्न भएपछि जिल्ला जिल्ला र पालिका स्तरमा एकताको कार्यक्रम गर्ने र निर्वाचन केन्द्रित हुनेछ। 

उनले कर्णालीमा नेपाली कम्युनिष्ट पार्टीको प्रभाव बढिरहेको बताउँदै आगामी निर्वाचनमा आफ्नो पार्टीले बहुमत ल्याउने दाबी गरे।

त्यस्तै कर्णालीमा अन्य साना दल र स्वतन्त्र युवाहरू पनि निर्वाचन केन्द्रित बनेका छन्। कालिकोटबाट स्वतन्त्र प्रतिनिधि सभा सदस्य उम्मेदवारी घोषणा गरिसकेका सामाजिक अभियान्ता प्रकाश न्यौपानेले जेनजी युवाहरूको भावना र परिवर्तनका पक्षमा आफ्नो उम्मेदवारी रहेको बताए। 

उनले भने, 'पुराना दलहरूले ठीक गरेनन् मात्र भन्नुभन्दा पनि नयाँले के गर्ने भन्ने राजनीतिक तथा सामाजिक एजेण्डासहित आफूले निर्वाचनको तयारीका लागि पहिलो चरण गाउँ-गाउँ भ्रमण गरिसकेको छु। मलाई विश्वास छ परिवर्तनको पक्षमा जनताले साथ दिनेछन्।'
 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.