आगामी निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीले बहुमतको सरकार बनाउँछ : वामदेव गौतम

आगामी निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीले बहुमतको सरकार बनाउँछ : वामदेव गौतम

प्यूठान : फागुन २१ गते हुने निर्वाचनपछि नेपाली कम्युनिष्ट पार्टीको नेतृत्वमा बहुमतको सरकार बन्ने पार्टीका नेता वामदेव गौतमले दाबी गरेका छन्। बिहीबार प्यूठानको जुम्रिमा पत्रकारहरूसँग कुरा गर्दै उनले अहिलेको सरकारलाई आफ्नो पार्टीको पूर्ण समर्थन रहेको बताए।

‘जेनजी आन्दोलन पछि उत्पन्न परिस्थितिलाई राजनीतिक निकास दिन हाम्रा नेताहरू प्रचण्ड र माधव नेपालले भूमिका खेल्नुभयो,’ उनले भने, ‘सुशीला कार्की, राष्ट्रपति र जेनजीका प्रतिनिधिहरूको संलग्नतामा अहिलेको सरकार बनेको हो।’ 

नेकपा नेतृत्वको सरकारले सबै राजनीतिक दलसँग मिलेर लोकतान्त्रिक मूल्य मान्यतामा आधारित समाजवाद ल्याउने उल्लेख गरे। राष्ट्रिय पुँजीवाद र बहुदलीय प्रतिस्पर्धाको आधारमा समाजवादी व्यवस्था ल्याउने उनको भनाइ थियो।

‘तपाईँ चुनाव लड्न फेरि प्यूठान आउन लाग्नु भएको हो?,’ भन्ने पत्रकारको प्रश्नमा उनले अहिले आफू चुनावका लागि भनाइ कम्युनिष्ट पार्टीबीचको एकता सन्देश प्रवाह गर्न प्यूठान आएको उल्लेख गरे। 

‘कम्युनिष्ट पार्टीहरूबीच एकता जेनजी आन्दोलनकै कारण विकसित भएको हो। अब युवा पुस्ताले नेतृत्व गर्ने हो, ७० कटेका नेताहरूको अनुभवलाई अभिभावकीय भूमिकाको रूपमा उपयोग गर्ने हो,' उनले भने। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.