स्ववियु सभापतिदेखि पूर्वमन्त्रीसम्म आकांक्षी
डोटी कांग्रेसबाट प्रतिनिधिसभाका लागि १७ जनाको नाम सिफारिस
डोटी : आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाली कांग्रेस डोटीले १७ जनाको नाम सिफारिस गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्य समिति डोटीको मंसिर २४ र २५ गते बसेको बैठकले १७ जनाको नाम सिफारिस गरेको हो।
सिफारिस हुनेहरूमा गोरख बहादुर बिष्ट (आनन्द), जितेन्द्र बिक्रम शाही, टेकराज ओझा, नरेन्द्र बहादुर सिंह, पदमराज जोशी, पुष्प कुमार शाही, प्रदिप कुमार देउवा, वीरबहादुर बलायर, भक्त बहादुर बलायर, भक्त बहादुर मल्ल, भक्तराज जोशी, भरत बहादुर खड्का, राम बहादुर रोकाया, ललित बहादुर बलायर, लक्ष्मीराज पाठक, हर्क बहादुर देउवा र श्यामराज ओझा रहेका छन् ।
त्यसैगरी समानुपातिक तर्फ ७ जनाको नाम सिफारिस भएको छ । जसमा दुर्गा शर्मा, पार्वती चन्द, प्रतिमा शाह (शाही), प्रसिस महरा, रहेका छन् भने अल्पसंख्यक कोटाबाट हिक्मत सिंह चोपडा, पिछडिएको क्षेत्रबाट माया देवी कुँवर र दलित आरक्षणबाट लाल बहादुर विकको नाम सिफारिस गरिएको छ ।
उता राष्ट्रियसभा सदस्यका लागि दिपक कुमार बिष्ट र यज्ञराज पाठक गरी दुईजनाको नाम सिफारिस गरिएको छ।
स्ववियु सभापतिदेखि पूर्वमन्त्रीसम्म आकांक्षी
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्यका लागि नेपाली कांग्रेस डोटीबाट स्ववियु सभापतिदेखि पूर्वमन्त्रीसम्म आकांक्षी बनेका छन् । त्रिभुवन विश्व विद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरका निवर्तमान स्ववियु सभापति श्यामराज ओझा पनि प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् । त्यसैगरी अन्य युवा नेताहरूमा नेपाली कांग्रेस जनसम्पर्क समिति नर्वेका सभापति जितेन्द्र बहादुर शाही, तरुण दलका केन्द्रीय सदस्य ललित बहादुर बलायर, नेविसंघका पूर्व केन्द्रीय सदस्य राम बहादुर रोकाय, हर्क बहादुर देउवा सिफारिस भएका छन् भने समानुपातिक तर्फ दलित संघ डोटीका अध्यक्ष लाल बहादुर विक समेत सिफारिस भएका छन् ।
त्यसैगरी पूर्वमन्त्री वीरबहादुर बलायर पनि प्रतिनिधिसभा सदस्यका लागि डोटीबाट सिफारिस भएका छन् । बलायर यसअघि २०७९ मा भएको प्रतिनिधि सभा सदस्यको निर्वाचनमा कैलाली क्षेत्र नम्बर ४ बाट निर्वाचित भएका थिए ।
बलायर नेपाली कांग्रेसका सुदूरपश्चिम प्रदेश समिति सभापति समेत हुन् । त्यस्तै संविधान सभा सदस्य तथा पूर्वप्रदेश सभा सदस्य भरत बहादुर खड्का समेत प्रतिनिधिसभा सदस्यका लागि सिफारिस भएका छन् ।
प्रतिक्रिया दिनुहोस !