मन्त्रिपरिषद विस्तार हुँदै, को-को बन्दैछन् मन्त्री?
काठमाडौं : प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने भएकी छिन्। प्रधानमन्त्रीको कार्यालयबाट चारजनाको नाम मन्त्रीका लागि राष्ट्रपति कार्यालय पुगेको स्रोतले जनाएको छ। नवनियुक्त मन्त्रीहरूको शपथ आजै हुने जनाइएको छ।
कुमार इङनाम,माधव चौलागाई,राजेन्द्र सिंह भण्डारी र श्रद्धा श्रेष्ठ मन्त्री बन्न लागेका हुन्। स्रोतका अनुसार इङनाम भूमि, चौलागाईँ वन, भण्डारी श्रम र श्रेष्ठ महिला मन्त्री बन्न लागेका हुन्।
भण्डारी नेपाल प्रहरीका पूर्व एआईजी हुन्। इङनाम काठमाडौं स्कुल अफ लका प्रोफेसर हुन् भने श्रद्धा पर्यटन बोर्डको कर्मचारी हुन्। वन मन्त्री बन्न लागेका चौलागाई पेशाले जनस्वास्थ्यविद् हुन्।
नयाँ मन्त्री थपिएसँगै मन्त्रिपरिषद १४ सदस्यीय हुने भएको छ।
प्रतिक्रिया दिनुहोस !