election background

प्रतिनिधि सभा निर्वाचन २०८२

निर्वाचनमा सशस्त्र प्रहरीको परिचालन नीति : दोस्रो घेरामा रहेर सुरक्षा दिने

निर्वाचनमा सशस्त्र प्रहरीको परिचालन नीति : दोस्रो घेरामा रहेर सुरक्षा दिने

काठमाडौं : सशस्त्र प्रहरी बलले पारदर्शी, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन गराउन परिचालन नीति तर्जुमा गरेको छ । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै सशस्त्र प्रहरी बलले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ सुरक्षा कार्यमा सशस्त्र प्रहरी बल नेपालको परिचालन नीति तर्जुमा गरिएको जनाएको हो ।

सबै निर्वाचन क्षेत्रमा तोकिएको जिम्मेवारीमा परिचालन गरिने, निर्वाचन सुरक्षार्थ सुरक्षाको दोस्रो घेरामा रहि अन्य सुरक्षानिकायसँग समन्वयात्मक रुपमा परिचालन गर्ने, निर्वाचन सुरक्षा अनुशिक्षण तालिमसम्बन्धी पाठ्यक्रम तयार गरि निर्वाचनमा खटिनुपूर्व सम्पूर्ण सशस्त्र प्रहरी कर्मचारीलाई निर्वाचन सुरक्षा अनुशिक्षण तालिम दिनेलगायत नीतिमा उल्लेख छ ।

त्यस्तै निर्वाचन आचारसंहिता पालना गराउनेतर्फ सहयोगी भूमिका निर्वाह गर्ने, निर्वाचन क्षेत्रसहितको प्रदेशगत साथै जिल्लागत नक्सा तयार गरि निर्वाचन सुरक्षामा महत्वपूर्ण स्थानहरू अंकित गरि प्रभावकारीरुपमा परिचालन गर्नेसहितका नीति तर्जुमा गरिएको सशस्त्र प्रहरी बलका सूचना अधिकारी एवं प्रवक्ता डीआईजी मनिष थापाले जानकारी दिए। उनले निर्वाचनको एकमहिनाअघिदेखि नै आवश्यक बन्दोवस्तीका सामग्री तथा सवारी साधनसहित खटिने बताए।

त्यस्तैगरी क्युआरटीमा रहेको जनशक्तिलाई निर्वाचनको एकदिन अघिदेखि निर्वाचनको एकदिनपछिसम्म हातहतियार तथा अन्य आवश्यक साधानका साथ युनिटको जिम्मेवारी क्षेत्रमा पर्ने रणनीतिक स्थानहरुमा सवारी साधनसहित परिचालन गर्ने सशस्त्र प्रहरीले जनाएको छ ।

त्यस्तै पत्रकार सम्मेलनमा सशस्त्र प्रहरी बलले हालसम्म गरेको सीमा सुरक्षा, आन्तरिक सुरक्षा, राजस्व संकलनमा सहयोग र विपद् व्यवस्थापनमा गरेका कामका बारेमा समेत जानकारी गराइएको थियो ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.