विराटनगरबाट स्रोत नखुलेको रुपैयाँसहित साइकलयात्री पक्राउ

विराटनगरबाट स्रोत नखुलेको रुपैयाँसहित साइकलयात्री पक्राउ

विराटनगर : विराटनगरबाट स्रोत नखुलेको ४ लाख ७० हजार रुपैयाँसहित साइकलयात्री पक्राउ परेका छन्।  

मोरङ प्रहरीका निमित्त प्रमुख एवं डीएसपी कोपिला चुँडालका अनुसार विराटनगर महानगरपालिका–१५ स्थित १ नम्बर ढाटबाट साइकलयात्री विराटनगर महानगरपालिका–१५ का ४३ वर्षीय सञ्जय चौधरीलाई बिहीबार राति नियन्त्रणमा लिइएको हो। 

इलाका प्रहरी कार्यालय रानी र कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरबाट खटिएको टोलीले भारतको जोगवनीबाट साइकलमा नेपालतर्फ आउँदै गरेका चौधरीलाई नियन्त्रणमा लिएर खानतलासी गरेको थियो। चेकजाँच गर्दा उनले लुकाएर राखिएको अवस्थामा रकम बरामद भएको चुँडालले जानकारी दिइन्। उनका अनुसार चौधरीको साथबाट १ हजार दरका ४ सय र ५ सय दरका १ सय ४० थान नोट बरामद भएको छ। 

चौधरीलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखेर थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.