वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

वीरगन्ज कारागारका एक कैदीको उपचारका क्रममा मृत्यु

वीरगन्ज : वीरगन्जको नारायणी अस्पतालमा उपचारका क्रममा वीरगन्ज कारागारका एक कैदीको मृत्यु भएको छ। मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१२ मुर्लीका ३७ वर्षीय अनिल महत्तो रहेका छन्। 

वडा प्रहरी कार्यालय वीर्ताका प्रहरी निरीक्षक विक्रम सुवेदीका अनुसार पहिलेदेखि नै उच्च रक्तचाप र मधुमेहको बिरामी रहेका महत्तोलाई स्वास्थ्यमा समस्या भएपछि प्रहरीले उपचारका लागि उनलाई शुक्रबार दिउँसो नारायणी अस्पतालमा लगेका थिए। उपचारका क्रममा उनको मृत्यु भएको प्रहरी निरीक्षक सुबेदीले बताए। 

प्रहरीका अनुसार सवारी ज्यान मुद्दामा अदालतबाट ३ वर्ष कैद सजाय र २ हजार रुपैयाँ जरिवानाको फैसला गरिएपछि वीरगन्ज कारागारमा उनी सजाय काट्दै आएका थिए। उनको कैद सजाय आउँदो चैत महिनामा सकिनेवाला थियो। 

मृतक महत्तोको उपचारमा लापरबाही गरिएको भन्दै उनका परिवारजनले अस्पताल परिसरमै केही बेर विवाद गरेका थिए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.