election background

प्रतिनिधि सभा निर्वाचन २०८२

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश

सम्पत्ति शुद्धीकरण मुद्दामा भट्टराईलाई २५ लाख धरौटीमा छाड्न आदेश

काठमाडौं : अन्तर्राष्ट्रिय विमानस्थलको अध्यागमन कार्यालयका तत्कालीन सहसचिव तीर्थराज भट्टराईलाई सम्पत्ति शुद्धीकरण मुद्दामा धरौटीमा छाड्न आदेश भएको छ।

विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट र न्यायाधीशहरू नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले २५ लाख धरौटीमा छाड्न आदेश दिएको हो। विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले भट्टराईसँग २५ लाख धरौटी माग गरिएको बताए। 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भट्टराईविरुद्ध विशेष अदालतमा सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गरेको थियो। आयोगले भट्टराईसहित तीन जनासँग जनही १ करोड ३ लाख ७९ हजार ६०० विगो र सजायको माग गरेको थियो।

त्यस्तै आयोगले भट्टराईसहित ७ जनाविरुद्ध भिजिट भिसा तस्करी प्रकरणमा पनि मुद्दा दायर गरेको छ। आयोगले अध्यागमन कार्यालयका तत्कालीन प्रमुख अध्यागमन अधिकृत भट्टराई, अध्यागमन अधिकृत यज्ञराज अर्याल, ग्रिनलाइन होलिडेज प्रालि र उक्त कम्पनीका अध्यक्ष बाल कृष्ण खड्का, फेमली होलिडेज ट्राभल्स एण्ड टर्स प्रालि र उक्त कम्पनीका संस्थापक सेयर सदस्य एवं सञ्चालक दिपक भण्डारी, ग्रिनलाइन होलिडेज प्रालिका तत्कालीन संस्थापक सेयर सदस्य एवं सञ्चालक राम खड्का, कविता पौडेल,खेमप्रसाद सुवेदीविरुद्ध मुद्दा दायर भएको थियो।


भिजिट भिसामा दुबईलगायत मुलुक जानेबाट रकम असुल्ने गरेको आरोपमा उजुरी परेपछि भट्टराई अनुसन्धानमा तानिएका थिए। अख्तियारले अनुसन्धानका लागि गत जेठ ७ गते विमानस्थलबाट नियन्त्रणमा लिएको थियो। पछि जेठ १८ गते उपस्थित हुने शर्तमा उनलाई नियन्त्रणमुक्त गरिएको थियो। उक्त मुद्दामा सहसचिव भट्टराईविरुद्ध ७९ लाख ८० हजार र अध्यागमन अधिकृत अर्यालविरुद्ध ८ लाख विगो माग गरिएको छ। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.