लागूऔषधसहित कारोबारमा संलग्न चार जना पक्राउ

लागूऔषधसहित कारोबारमा संलग्न चार जना पक्राउ

वीरगन्ज : वीरगन्जबाट प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित कारोबारमा संलग्न चार जनालाई पक्राउ गरेको छ। प्रहरीले लागूऔषध ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल ७६ हजार १७० पिससहित चार जनालाई वीरगन्जको दुई छुट्टा छुट्टै स्थानबाट पक्राउ गरेको हो। 

पक्राउ पर्नेमा पर्साको वीरगन्ज महानगरपालिका–२४ रामगढवाका २० वर्षीय युवराज पटेल, त्यही ठाउँका २१ वर्षीय अफजल देवान, धादिङकाे बेनिघाट रोराङ गाउँपालिका–६ का १९ वर्षीय रामहरि मगर र धादिङकै सिदलेख गाउँपालिका–७ का १९ वर्षीय राजकुमार मगराती रहेका छन्।

लागूऔषधसहित पक्राउ गरिएका चारै जनालाई शुक्रबार जिल्ला प्रहरी कार्यालय पर्सामा पत्रकार सम्मेलन गरेर प्रहरी उपरीक्षक सुदीपराज पाठकले सार्वजनिक गरेका हुन्।

प्रहरी उपरीक्षक पाठकका अनुसार मंसिर २३ गते प्रहरीले वीरगन्ज–१५ प्रतिमा चोकस्थित टिकट काउन्टर अगाडि रोकिएको बाग्मती प्रदेश ०८–००१ ज ०११७ नम्बरको इभी माइक्रोबसमा खानतलासी गर्दा गाडीभित्र रहेका मगर र मगरातीको साथमा रहेको सुटकेशभित्र लुकाएर राखिएको ६० हजार ५३० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरिएको हो। त्यसपछि उनीहरूले दिएको बयानका आधारमा लागूऔषधको कारोबारमा संलग्न पटेल र देवानलाई पनि थप लागूऔषधसहित पक्राउ गरेको प्रहरी उपरीक्षक पाठकले जानकारी दिए। पटेल र देवानको डेराबाट थप १५ हजार ६४० पिस ट्रामाडोल हाइड्रोक्लोराइड क्याप्सुल बरामद गरिएको प्रहरीले जनाएको छ।  

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका गिरोहले भारतको कोलकत्ताबाट उक्त लागू औषध रक्सौल–वीरगन्ज नाका हुँदै चोरी छिपी वीरगन्ज भित्र्याएर वीरगन्जबाट काठमाडौं लगायतका सहरमा आपूर्ति गर्दै आएको खुलेको छ। यो गिरोहमा संलग्न अरू तीन जनाको पनि पहिचान खुलिसकेको भन्दै प्रहरी उपरीक्षक पाठकले उनीहरूको पनि खोजीकार्य भइरहेको बताए।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.